काठमाडौँ, २ साउनः कोरोना भाइरसको महामारी रहुन्जेल एक बैंकको एटिएम कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो ।
लकडाउन शुरु हुँदा बैंकले स्वयं नै यस्तो छुट दिँदै आएका थिए । तर, साउन १ गतेदेखि बैंकहरुले पुनः शुल्क लिन थालेका छन् । अब भने राष्ट्र बैंकले नै यस सम्बन्धमा आवश्यक व्यवस्था गरिने बताएको छ ।