काठमाडौँ, १६ साउनः कोरोनाभाइरसको कारण नेपालमा थप दुई जनाको नि’धन भएको छ । बिहीबार वीरगन्जमा थप दुई जनाको निधन भएसँगै नेपालमा अब कोभिड १९ बाट मृ’त्यु हुनेको संख्या ५४ पुगेको छ ।
बिहीबार वीरगन्जमा ३५ र ६५ वर्षका पुरुषको नि’धन भएको हो । यीमध्ये ३५ वर्षका युवाको गण्डकी कोरोना अस्पतालमा उपचार भइरहेको थियो । ज्वरो आएपछि र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी मंगलबार अस्पताल भर्ना भएका थिए । स्वाब परीक्षण गर्दा उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।
कोरोनाका कारण ज्यान गुमाएका ६५ वर्षीय पुरुषको चाहिँ घरमा नै नि’धन भएको हो । उनको घरमा मृ’त्यु भएपछि कोरोना परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएको थियो ।