काठमाडौं, १८ साउनः आज काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै खतराको संकेत देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ११ र ललितपुरका ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ८ जना र वीर अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरि नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।