काठमाडाैँ, २३ साउनः सिरहाका एकजना कोरोना संक्रमितको मृ’त्यु भएको छ । गोलबजार नगरपालिका निवासी २३ वर्षीय युवकको कोरोना संक्रमणबाट गएराती नि’धन भएको हो ।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राती करिब ११ बजेतिर मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
सहायक प्रजिअ भण्डारीका अनुसार उनको शव धरानबाट सिरहा ल्याउने तयारी भइरहेको छ । शव ल्याएपछि नेपाली सेनाको टोलीले अन्तिम संस्कार गर्नेछ । उनी मृगौला पीडित थिए । दुवै मृगौला बिग्रिएपछि उनले करिब तीन वर्षदेखि डायलासिस गराउँदै आएका थिए ।