काठमाडौं, ३० साउनः नेपालमा कोरोनाभाइरसबाट मृ’त्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृ’त्यु भएसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ९९ पुगेको हो ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको नि’धन भएको बताए ।