satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

लकडाउनको बहानामा टमाटरमा कालोबजारी

सत्कार पोष्ट सत्कार पोष्ट
भदौ ८, २०७७ मा प्रकाशित
349
लकडाउनको बहानामा टमाटरमा कालोबजारी

काठकाडाैँ, ८ भाद्रः लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट टमाटर ल्याउने गरिएको छ ।

किसानको खेतमै गएर थोक व्यापारीहरूले टमाटर खरीद गरेर ल्याउने गरे पनि महँगो मूल्य तिरेर ल्याएको भन्दै उपभोक्तासँग थोकबजारमा दोब्बर मूल्य लिने गरेको पाइएको हो । किसानका अनुसार थोक व्यापारीहरूले धनकुटाको पात्लेखोला क्षेत्रका खेतमै गएर प्रतिकेजी रू. ३० देखि रू. ३५ सम्ममा खरीद गर्ने गरेका छन् भने धनकुटाको अन्य क्षेत्रमा किसानको खेतबाट प्रतिकेजी रू. ६५ देखि रू. ७० मा विक्री भइरहेको छ ।

सोही टमाटर धरान आइपुग्दा प्रतिकेजी थोकमूल्य रू. ११० सम्म पुग्ने गरेको छ भने उपभोक्ताले प्रतिकेजी रू. १६० मा खरीद गर्न पर्ने बाध्यता रहेको छ । थोक व्यापारीले प्रतिकेजी झण्डै दोब्बर मुनाफा लिइरहेका छन् ।

धनकुटा–९ बेलहारास्थित जलपादेवी कृषि सहकारीका व्यवस्थापक सचिव टंक रोईरालाले उत्पादन कम भएकाले विगतका वर्षहरू भन्दा केही महँगो भए पनि थोक मूल्यमा त्यो रूपमा मूल्य निधाएरण हुनु गलत भएको दाबी गरे । बेलहारा क्षेत्रबाट मात्रै दैनिक ५० क्विन्टल टमाटर विक्री हुने गरेको छ ।

त्यस्तै धनकुटा–१० स्थित पात्लेखोला कृषि सहकारीका सचिव समेत रहेका किसान अमरबहादुर दाहालले हिजोआज पात्लेखोला क्षेत्रका किसानबाट स्थानीय व्यापारीले प्रतिकेजी रू. ३० देखि रू. ३५ मा खरीद गरेर लैजाने गरेको बताए । बजारमा पुग्दा प्रतिकेजी रू. ७० को हाराहारीमा विक्री हुन पर्ने उनको भनाइ छ ।

धरान कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले यो हालसम्मकै उच्च मूल्य भएको बताए । उनले भने, ‘दुई वर्षअघि बाढीपहिरो आएका बेला थोकमा प्रतिकेजी रू. ८० सम्म पुगेको थियो, बजारमा पुग्दा प्रतिकेजी रू. ९० सम्म विक्री हुन्थ्यो । तर, यसपटक त थोकमै प्रतिकेजी रू. ११० पुगेको छ ।’ तर पनि धरानका थोक व्यापारीले ढुवानी खर्च प्रतिकेजी रू. ५ र मार्जिन रू. ५ राख्दा पनि फाइदा नै हुने उनको भनाइ छ ।

यसैबीच महँगो मूल्यमा थोकमै विक्री हुन थालेपछि धरान उपमहानगरपालिकाको अनुगमन समितिले अनुगमन गरी प्रतिकेजी रू. ११० मा नै बेच्न पर्ने भए बेच्नै छाड्न व्यापारीलाई निर्देशन गरेको छ । अनुगमन अधिकृत बेदप्रकाश सापकोटाले भने, ‘बिहान चार बजे नै गएर निरीक्षण गर्दा प्रतिकेजी रू. ११० मा थोकमै विक्री भएको पाइयो, अनि माथिका (धनकुटा) किसानलाई सोध्दा त्यस्तो नभएको पाइएपछि रू. ११० मै बेच्नुपर्छ भने नबेच्नुस् भनेका छौं ।’

धरान उपमहानगरका नगर प्रमुख तिलक राईले महँगो मूल्यमा विक्री गरिरहेको हो भने जफत गर्नुस् भनेर बजार अनुगमन अधिकृतलाई निर्देशन दिएको बताए । उनले भने, ‘केही व्यापारी साथीहरू यो संक्रमणको बेला कमाउ धन्दामा लागेको भन्ने सुन्नमा आयो, त्यसो हो भने तत्काल रोक्नुस्, कारबाही गर्नुस् भनेर मैले निर्देशन दिइसकेको छु । त्यस्तालाई कारबाही हुन्छ । महँगोमा विक्री हुनु हुँदैन ।’

Related Posts

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका
अपराध

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

by सत्कार पोष्ट
फाल्गुन ५, २०७८
0

दैलेख ०५ फागुन : दैलेख सुर्खेतको सिमानामा पर्ने धरमपोखरा बजार हुँदै कचाली सुयडासम्मको बाटोमा चिङ्गाड गाउँपालिकाले अनावश्यक रुपमा मालिका सामुदायिक...

फोटो: रासस
अर्थ

सुदूरपश्चिमका किसानले अहिलेसम्म पाएनन् राहत

by सत्कार पोष्ट
मंसिर २२, २०७८
0

धनगढी २२ मंसिर : बेमौसमी वर्षाका कारण कैलाली र कञ्चनपुरका किसानले धानबालीमा ठूलो क्षति व्यहोरेका थिए। दुई जिल्लामा मात्र ३...

कर्णाली सरकारले ल्यायो अध्यादेशबाट बजेट

कर्णाली सरकारले ल्यायो अध्यादेशबाट बजेट

साउन १, २०७८
राष्ट्रिय कृषक दिवसको अवसरमा कृषि प्राविधिक उपाध्यायको शुभकामना : 

राष्ट्रिय कृषक दिवसको अवसरमा कृषि प्राविधिक उपाध्यायको शुभकामना : 

जेष्ठ २७, २०७८
नेपाल नागरिक उधम सहकारीको हार्दिक  शुभकामना

नेपाल नागरिक उधम सहकारीको हार्दिक शुभकामना

बैशाख १, २०७८
एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

फाल्गुन १४, २०७७

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.