काठमाडौं, २२ भाद्रः कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम पनि रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ४४६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो ।
अघिल्लो २४ घण्टामा ६ हजार १४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ७६ हजार ६१६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ६७ लाख ६३ हजार २१७ पुगेको छ ।