काठमाडौं, ७ कार्तिक : नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो तथ्यांक अनुसार १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबा २ हजार ६ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ रहेको छ भने ३ हजार ५ सय ९० जना क्वारेन्टिनमा छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको मन्त्रालयले बताएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २६६८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।