निर्मला के.सी.
कोहलपुर ,१८ , कार्तिक : नेपाल भारत सिमानाकाको जमुनाहामा रोजगारी र बिभिन्न सिलसिलामा भारत जान खोज्ने नेपाली हरुलाइ दिनहु सास्थि हुने गरेको छ । कोभिड १९ को संक्रमणका कारण आवत जावत प्रभावित भएका बेला दुर दराजबाट आएका नागरिकहरुले प्रहरी प्रशासनको चरम यातना भोग्नु परेको गुनासो ब्यापक रहेको छ । बिभिन्न बाहानामा नाकामा हजारौंको भिड बटुल्ने र दिनभरी घाममा उभ्याउने र भिड बनाएर लाठ्ठी हान्ने गरेको सिमा नाकामा रहेका नागारिक बताउछन । यसरी नियन्त्रणमा लिएर भिडनाएर छोड्दा कोभिड १९ लल संक्रमण उच्च रहेने हुदाहुदै पनि प्रहरीले बेवास्ता हेरिरहेको छ । सिमानाको समय मै उचित ब्यवस्थापन र निति नबनाउँदा हाल नेपालमा कोरोना माहामारीले डडेलोको रुप लिएको छ । सिमानामा भारतीय भन्दा नेपाली प्रशासनले अनावश्यक दुःख दिएको दृश्य बिहाना देखि बेलुका सम्मा देखिन्छ ।