काठमाडौं, १३ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले कलंककाे टीका लगाइसकेकाे आराेप लगाउनु भएकाे छ ।
कान्तिपुर टेलिभिजनकाे फाइरसाइड कार्यक्रममा अध्यक्ष प्रचण्डले केपी ओलीकाे बेइमानीलाई इतिहासले माफि नदिने र सह्य नहुने चेतावनी दिनुभयाे ।
अब पार्टी फुटिसकेकाले ओलीसंग कुनै हालतमा तत्काल सहकार्य र एकता हुन नसक्ने प्रष्ट पार्नुभयाे । उहाँले केपी सरकारले चुनाव नभइ देशलाई निरंकुशताकाे बाटाेमा लिन चाहेकाे स्पष्ट हुने बताउनुभयाे ।
बरु कांग्रेससंग सत्ता र चुनावी सहकार्य हुनसक्ने प्रचण्डकाे संकेत छ ।प्रचण्डले जे मन लाग्याे त्यही गर्ने देश केपी ओलीकाे पेवा हाेइन, भन्नू भयाे ।