कोहलपुर,२६ पौष :-नेपाल नागरीक उद्ययम सहकारी संस्था कोहलपुर ११ बाँकेले ५ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अथिती प्रदेश नमबर ५ का सांसद पार्वति पुन उषा बिशिष्ट अतिथि जिल्ला सहकारी संघ लि बाँकेका प्रबन्ध संचालक नवराज उपाध्याय, बिषेश अथिति कृष सहकारी संघ लि बाँकेका अध्यक्ष एवं प्रदेश नं ५ सहकारी संघ लि का उपाध्यक्ष एकता शाह,अथितिमा स्वरोजगार कोष जिल्ला संयोजक नितेस शर्मा,अन्य सहकारी संस्थाहरुबाट अथितिकल रुपमा जुना बिक , पुष्प राज हमाल,मनकुमारी चौधरी,जेष्ठ नागरिक डिल ब.खड्का लगाएतको उपस्थित रहेको थियो भने प्रमुख अतिथि पार्वती पुन उषाबाट दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्वती पुन उषाले राज्यले सहकारीहरुलाइ समान व्यवहार गर्न नसकेको कुरा बताइन ।
उनले सहकारी मार्फत देशको उन्त बिकास संभव भएकोले
सवैजाना आफ्नो भन्ने भावनाकासाथ सहाकारीमा लाग्नुपर्ने बताइन।बिशिष्ट अतिथि नवराज उपाध्यायले निहित स्वार्थमा सञ्चालित सहकारी संस्था हरुका कारण उदेश्य मुलुक सहकारी संस्थाहरु मा परेको बताए , बिषेश अथिति एकता शाहले पनि सहकारी सदस्यहरुको साझा सवाल र दायित्वको बिषय भएको बताइन । बिभिन्न बक्ताहरुले सहाकारीको छोटो अवधिमा गरेको कार्यको उच्च प्रसंसा गरेका थिए ।
साधारण सभाम विभिन्न क्षेत्रमा रहेर संस्थालाई योगदान पुराउनुहुने संस्थाका कर्मचारी, सेयर सदस्य,जेष्ठ नागरीक र समुहरुलाई प्रमाण पत्र सहित सम्मान गरीएको थियो । झण्डै १६ सदस्यहरुको बिचमा १ करोड २५ लाखको आय व्याय प्रस्तुत गरेको थियो । अध्यक्ष ललित पहाडीले पेस गरिएको आगामि निति तथा कार्यक्रम सदस्य हरुलाइ धनि बनाउने योजना सहितका महत्वपूर्ण परियोजना अघि बढाइएको छ। निति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य ,सम्बृद्धि र स्वरोजगार,सामुहिक रोजगार एवं मोबाइल रोजगार सहितका रणनीतिहरु बढाइएको छ ।