काठमाडौं, २८ पौष : नेपाल कम्युनिस्ट पार्टी (नेकपा-नेपाल-प्रचण्ड समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्न आफ्नै पक्षको हुने जिकिर गरेका छन् ।
गण्डकी प्रदेश कमिटीको आयोजना गरेको कार्यकर्ता भेलामा उनले आफूहरुसँग ७० प्रतिशत कार्यकर्ता रहेकाले आफ्नै पक्षमा हुने बताए ।
“नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हाम्रै हुन्छ । सूर्य चिह्न पनि हाम्रै हुन्छ । तपाईं लेखेर राख्नुस् । कसैले खोस्न सक्दैन । खोस्यो भने आँधीहुरी बतास आउँछ,’ उनले चेतावनी दिए ।