बाँके,२९,कोहलपुर:-जिल्ला सहकारी संघ बाँकेको २९ औं साधारण सभा आज होटल सिद्दार्थमा सम्पन्न भएको छ। अध्यक्ष प्रेम सुबेदीको सभापतितत्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश का माननिय भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल,राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सञ्चालक तथा केन्द्रीय कृषि संघका सञ्चालक देव ब.के.सी,राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक विजया धिताल, केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका सञ्चालक भुपेन्द्र प्रसाद अधिकारी, लुम्बिनी प्रदेश सहकारी संघका उपाध्यक्ष एकता शाह लगायतको उपस्थिति थियो। आज भएको २९ चुनावी साधारणसभाबाट प्रेम प्रसाद सुवेदी संघको दोस्रो कार्यकालमा सर्वसहमत चयन भएका छन् ।
उनको नेतृत्वमा आगामी ४ बर्षको लागि ९ सदस्य नयाँ सञ्चालक समितिर ३ सदस्य लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको छ। नयाँ सञ्चालकहरुमा अध्यक्ष प्रेम सुबेदी,उपाध्यक्ष मिना सिग्देल, सदस्यमा प्रकास ग्यावलि,नवराज रिजाल,बिन्दा खरेल, जमान सिंह वलि,अल्फात खाँ,निर्मला रोकाया, प्रेम बहादुर शाही,तथा लेखा सुपरिवेक्षण समितिमा संयोजक खडक वलि, सदस्यहरू सिता काफ्ले र शेर बहादुर बस्नेत सर्ब सहमत चयन भएका हुन ।
तेस्तै २९ अैा बार्षिक साधारणसभाबाट चयन समितिको सपथ ग्रहण पछिको पहिलो बैठकबाट जिल्ला सहकारी संघ लि. का सल्लाहकारहरुमा राष्ट्रिय सहकारी बैङ्कका सँचालक श्री बिजया धिताल,केन्द्रीय कृषि सहकारी सहकारी संघका सँचालक देव बहादुर केसी तथा केन्द्रीय बहुउदेश्यिय सघ का सँचालक श्री भुपेन्द्र प्रसाद अधिकारीलाइ चयन गरेको छ । धिताल र अधिकारीले सञ्चालन तथा लेखा सदस्यको उम्मेदवारी फिर्ता लिएका हुन्।
यध्यपी प्रेम सुबेदीको नेतृत्वमा रहेको जिल्ला संघले देशकै उत्कृष्ट लि पुरुष्कार पाएको थियो । पुनः निर्वाचित अध्यक्ष सुबेदीले आगामी ४ वर्षमा संघको देश कै ठुलो बित्तिय संघ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।