कोहलपुर ,२७, जेष्ठ : नवौं राष्ट्रिय कृषक दिवसको अवसरमा कृषि प्राविधिक कृष्ण प्रसाद उपाध्याय (दर्शन) ले सम्पुर्ण कृषक हरुलाइ शुभकामना दिएका छन् । कम उमेरमा नै कृषि पेशा र सामाजिक रुपान्तरणका विषयमा गहन चासो राख्ने उपाध्याय पछिल्लो समय कृषि पेशा र कृषि प्राविधिकहरुको हकहित र अधिकारको विषयमा गहन अध्ययनमा छन ।
उनि कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह कै सम्मान दिनु पर्छ भन्ने आशयका साथ राष्ट्रिय कृषक दिवस मनाइने गरेको अबको आवश्यकता कृषिमा क्रान्ती ( CCM ) ल्याउनु रहेको बताउँछन् ।
२०७० सालमा पहिलो पटक राष्ट्रिय कृषि दिवसको रुपमा मनाइएको यस दिवसलाई त्यस पछिका पछिल्ला वर्षमा भने राष्ट्रिय कृषक दिवसको रुपममा मनाउन थालिएको थियो ।
विगतका वर्षहरूमा उक्त दिवसका दिन मञ्चियँ कार्यक्रमका साथ उत्कृष्ट किसानहरूलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम हुने गरेको थियो । यद्यपि, वर्तमान परिस्थितिमा कोरोनाको कहरका कारण उक्त कतै केही कृषि सम्बन्धि कार्यक्रम गर्ने नपाएको उपाध्या बताउँछन् ।
राष्ट्रिय कृषक दिवसको शुभकामना दिँदै उनले कृषि क्षेत्रमा कर्म गरिरहेका कर्मठ कृषकलाई आ– आफ्नो र आफुले गरेको कार्म प्रती सन्तोष रहि महामारी पछि प्राविधिक सहित को टोलि प्रत्येक जिल्ला आउछौ भनेर समेत सन्देश दिएका छन् ।