satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपाली कांग्रेसमा क्रियाशीलको सूचीमा जिल्ला सभापतिकै नाम नभएपछि..

सत्कार पोष्ट सत्कार पोष्ट
भदौ १२, २०७८ मा प्रकाशित
434
नेपाली कांग्रेसमा क्रियाशीलको सूचीमा जिल्ला सभापतिकै नाम नभएपछि..

काठमाडौँ  १२, भाद्र। कांग्रेसका संस्थापन इत्तर समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गर्दै चार दिनदेखि रिले अनसन गरिरहेका छन् । संस्थापन पक्षले मनोमानी ढंगले सदस्यता थपघट गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्ने उनीहरुको माग छ ।
त्यही सिलसिलामा शुक्रबार साँझसम्म सभापति शेरबहादुर देउवाले ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरे । समितिले पनि तत्कालै वेबसाइटमा सार्वजनिक गर्‍यो । तर, जिल्ला सभापतिको मागबमोजिम त्यहाँ थपघट गर्न पाउनुपर्ने सुविधा भने दिइएको छैन । शुक्रबार साँझ नै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफलबाट जिल्ला सभापतिहरुका मागको सम्बोधन गरेर अनसन तोडाउने र तोकिएकै मितिमा एकैसाथ वडा अधिवेशन गर्ने सहमति जुटाए ।

शनिबार जिल्ला सभापतिहरुको अनसन तोडाउने विषयमा छलफल चलिरहेको छ । तर, त्यही बेला जिल्ला सभापतिकै सदस्यता नवीकरण नभएको थाहा पाएपछि जिल्ला सभापतिहरुले पुन अनसन र धर्नालाई चर्काएका छन् । शुक्रबार सार्वजनिक भएको क्रियाशील सदस्यताको सूचीमा रुकुम पूर्वका जिल्ला सभापति केशरमान रोकाकै नाम छैन । जिल्ला सभापतिहरुले भने नियतवश वा प्राविधिक कारणवश जसरी नाम छुटेको भएपनि त्यसलाई सच्याउने गरी क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने विषयलाई थप जोड दिएर उठाएका छन् । जिल्ला सभापतिहरुको धर्ना र अनसनको नेतृत्व गरिरहेका नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले आफूहरुका जायज माग सम्बोधनमा पनि संस्थापनले बेवास्ता गरेर महाधिवेशनलाई पर धकेल्न खोजिरहेको आरोप लगाए । ‘हामीले जायज माग गरेका छौं । यो पहिल्यै सार्वजनिक गरेर सच्याउने, थपघट गर्ने मौका दिएको भए समस्या नै हुने थिएन, अहिले मतदाता नामावलीमा जिल्ला सभापतिकै नाम छैन,’ केसीले इकान्तिपुरसँग भने, ‘जिल्ला सभापतिकै सदस्यता काटिएको छ भने देशभरिका नेता कार्यकर्ताको के हालत होला रु’

आफूहरुका माग सम्बोधन गरेर अनसन तोडाउने भनिएपनि अपराह्नसम्म केन्द्रीय कार्यालयमा कोही नेताहरु नआएको केसीले बताए । ‘अहिलेसम्म कोही आएको छैन । त्यसैले हाम्रा मागहरुमा थप जोड दिएर आन्दोलनलाई अघि बढाउँछौँ,’ उनले भने, ‘बिहान दिउँसोसम्म अनसन तोड्नुपर्छ भन्ने कुरा भएको थियो । त्यो जिम्मेवारी कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिइएको थियो । तर, मैले सुनेअनुसार संस्थापन पक्षका नेताहरुले मान्नुभएन रे, त्यसैले उहाँहरु आउनुभएन, हामीले पनि अनसनलाई निरन्तरता दियौँ ।’

शनिबार अपराह्नबाट उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ र काठमाडौंका सभापति कृष्ण बानियाँ २४ घण्टे रिले अनसनमा बसेका छन् । उनीहरुसँगै सवल कांग्रेसका तर्फबाट युवा नेतृद्धय गोमा केसी र प्रतिमा गौतम पनि अनसनमा बसेका छन् ।

यसअघि शुक्रबार रोल्पाका सभापति अमरसिंह पुन, सिन्धुपाल्चोकका सभापति विकास लामा र सोलुखुम्बुका सभापति विनोद बस्नेत अनसन बसेका थिए । त्यसअघि सुर्खेतका सभापति कमलराज रेग्मी, डोल्पा सभापति अंगद बुढा, तनहुका सभापति बैकुण्ठ न्यौपाने, नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमलाले २४ घण्टे अनसन पूरा गरिसकेका छन् ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने र त्यसमा सच्याउने समय दिनुपर्ने, जिल्ला सभापतिको उम्मेदवार बन्न तोकिएको फरक–फरक मापदण्डलाई एकरुपता दिनुपर्ने लगायत माग गरेका छन् ।

बालुवाटारमा शीर्ष नेताहरु छलफलमा

जिल्ला सभापतिका माग सम्बोधन गर्ने र अनसन तोडाउने विषयमा सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन नसकेपछि बालुवाटारमा शीर्ष नेताहरु नै छलफलमा जुटेका छन् । कार्यदलले मात्रै सहमति गरेर अनसन तोडाउन नसक्ने जनाएपछि शीर्ष नेताहरुसहित कार्यदलले छलफल थालेको हो । छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक लगायत सहभागी छन् ।

यसअघि शुक्रबार साँझ पनि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलबाट जिल्ला सभापतिहरुका माग सम्बोधन गर्ने र तोकिएकै मितिमा महाधिवेशन गर्ने विषयमा नेताहरुबीच समान धारणा बनेको थियो ।

Related Posts

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर
अपराध

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

by सत्कार पोष्ट
असार ३२, २०७९
0

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको...

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

असार २६, २०७९
विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

असार २०, २०७९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

Read more
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

असार ३२, २०७९
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

असार ३०, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.