शिवालय गाउँकार्यपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट तारा थापा मगर निर्बाचित

जाजरकोट १५ जेष्ठ : स्थानीय तहको निर्वाचन सकिएपश्चात  शिवालय गाउँकार्यपालिकाको आज निर्वाचन सम्पन्न भएको छ।निर्वाचनबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट बिजय भएकाछन।
निर्वाचनमा नेपाली काङ्ग्रेसबाट ३ जना र नेकपा माओवादी केन्द्रबाट ३ जनाको उम्मेदवारी रहेको थियो । ४ जना निर्वाचित सदस्य र २ जना मनोनीत बाट निर्बाचित गर्नुपर्ने  गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस तर्फ खुल्ला दलित/ अल्पसंख्यक सदस्य पदमा  शेर बहादुर नेपाली ( बादी)महिला सदस्य पदमा तारा थापा मगर, पुष्पा बि.क.निर्बाचित भएका छन भने नेकपा माओवादी केन्द्रबाट खुल्ला दलित/ अल्पसंख्यक सदस्य पदमा  लिले सुनार महिला सदस्य पदमा भबिसरा बि.सि, पार्वती बि.क निर्बाचित भएकाछन।
निर्वाचित तारा थापा मगर शिवालय गाउँपालिका वडा नम्बर ६ बाट नेपाली काङ्ग्रेसको महिला सदस्यमा निर्वाचित भएकी हुन।

सम्बन्धित खवर

Back to top button