फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने जुत्ता चप्पल सम्बन्धि लघु उधम तालिमको उद्घाटन गरेको छ । पुर्ब प्रदेश संसाद पर्वती पुन उशाको पहलमा प्राप्त रु ५ लाख बराबरको अनुदान रकम बाट स्थानीय निकायको मातहतम रहि संस्थाले आफ्ना व्यावसाहिक सोच भयका कम्तीमा २० जना सदस्यहरुलाइ तालिम प्रदान गरि स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यले उक्त तालीम आयोजना गरेको संस्थाका अध्यक्ष जुना बिक ले बताइन् । कार्यक्रमको प्रमुख अथिति पार्वती पुन उषा, विशिष्ट अथिती कोहलपुर नगर पालिकाका शहकारी बिभाग प्रमुख वीर बहादुर बि के , बिशेष अथितीमा सहकारी अभियान्ता ललित पहाडी , वरिष्ठ सल्लाहकार टंक प्रसाद बस्याल, लगायतले आ- आफ्नो धारण मार्फत सुभकामना व्यक्त गर्दै स्थानीय रोजगारीमा जोड दिनु पर्नेमा जोड गरेका थिए ।
सचीव दिलमाया डाँगीले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका पुर्ब संचालक समिति लगायतको उपस्थिति रहेक थियो । बजारमा ठुल ठुलो व्यावसायिक सहकारीहरु धरासाही क्रममा रएको बेला महिला हरुको पुर्ण नेतृत्वमा संचालित उक्त सहकारी नमुना हुने बिश्वास सबैको रहेको छ ।
