चीनको सिचुवान विश्वविद्यालयको अनुभव र अनुभूतिहरु

आरम्भ
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक संकायतर्फको स्नातकोत्तर तहको अन्तराष्ट्रिय सम्बन्ध एवं कुटनीति कार्यक्रमहरुबाट मलाई गत वर्ष चार महिनाको लागि चीनको सिचुवान प्रान्तको प्रान्तीय राजधानी छेन्दुमा अध्ययनको लागि आंशिक छात्रवृत्तिको विद्यार्थीको रुपमा अध्ययन गर्ने अवसर प्राप्त भएको थियो । स्नातकोत्तर तहको तेश्रो सेमेस्टरको वार्षिक परीक्षा सम्पन्न भए पश्चात् २४ सेप्टेम्बर २०१६ का दिन सिचुवान एअरलाइन्सको विमानमा हामी त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कुटनीतिक कार्यक्रमका २२ जना, द्व’न्द्व र शान्ति र विकास कार्यक्रमको ५ जना र लै’ङ्गिक अध्ययन कार्यक्रमको ४ जना गरि जम्मा ३१ जना विद्यार्र्थीहरु छेन्दु तर्फ प्रस्थान गर्ने तय भएको थियो । हाम्रो छेन्दु तर्फको उडान दिउँसो ११ बजे लाई तय भएको थियो । हामी सोही दिन बिहान ८ बजे विमानस्थल प्रवेश गरिसक्ने योजना थियो । त्यसर्थ बिहान ८ बजे भित्रै प्रायस् सबै साथीहरु विमान स्थल प्रवेश ग¥यौँ । म पनि सोही समयभित्र आत्मिय मित्रहरू पदम सलामी र कुमार पुलामीसँग एयरपोर्ट प्रस्थान गरेँ । लगेज र ह्याण्डक्यारीमा भएका सामानहरुको तौल र परी’क्षण गरिसकेपछि हामी स्थलको माथिल्लो तल्लाको भित्री यात्रु कक्षमा विमानको प्रतिक्षा गर्न लाग्यौं । केही बेर पछि हाम्रो उडान ११ बजे नभई १२ बजे मात्र हुने जानकारी प्राप्त भयो । हामी विमानको प्रतिक्षारत रहँदा रहँदै मेघ ग’र्जन सहित पानी पर्न थाल्यो । त्यही क्रममा हामी प्रस्थान गर्ने भनिएको सिचुवान एअरलाइन्सको जहाज विमानस्थलमा अवतरण ग¥यो । ११:३० वजे पुन: लगेज र सामानहरुको चे’क जॉं’च पश्चात हामी जहाज भित्र पस्यौं । मेरो सिट नं. १९ एफु रहेछ । राष्ट्रिय स्तरको छोटो दुरीको उडानको अनुभव भएपनि मलाई अन्तराष्ट्रिय उडानको त्यो पहिलो अनुभव थियो । कोही कोहीले जहाजले उचाई लिंदै जांदा अलिक ह’ल्लाउने भएकोले ड’रको अनुभूति हुन सक्छ भनेकाले हामीमा पनि कौतुहलता विद्यमान थियो । तथापी उडानको क्रममा कुनै त्यस्तो ड’रको अनुभूति भएन । १२स्४५ मा उडान भएको जहाज १:१० वजे तिर ल्हासामा ट्रा’न्जिटको क्रममा रोकियो । सामान चे’क जां’च पश्चात ल्हासाबाट छेन्दु सिचुवान तर्फ प्रस्थान ग¥यौँ । हामी छेन्दु स्थित सिचुवान विमानस्थलमा नेपाली समय ६:०० बजे तिर वा चीनिया समय ८:१५ बजे तिर पुग्यौं । आफ्ना सामानहरु लिएर जहाजबाट ओर्लिएर केहीबेर प्रतिक्षा गरेपछि केहीबेरमा सिचुवान विश्वविद्यालयको गाडी हामीलाइ लिन आइपुग्यो । हामीलाई रिसिभ गर्न सिचुवान विश्वविद्यालयमै अध्ययनरत विद्यार्थी मिस लिउछिछिङ (Liuqiqing) र अरु दुई तिन जना चीनिया साथिहरु हुनुहुन्थ्यो । हामी सिचुवान विश्वविद्यालयको ह्वासी (Huaxi) होस्टेलमा पुग्दा सिचुवान विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन केन्द्रको संयोजक मिस किको र सोही विश्वविद्यलयका चिकि’त्सा शास्त्रका नेपाली विद्यार्थी डा. सुजन शाक्य लगायतले प्रतिक्षा गरिरहनुभएको रहेछ । केहिबेर पछि डा. सुजन शाक्यले सिचुवान विश्वविद्यालय ह्वासी होस्टेल हामी अध्ययन गर्ने दक्षिण एसिया अध्ययन केन्द्र रहेको वान्जियाङ (Wanxiang) क्याम्पस, छेन्दु शहरको बजार, व्यापारिक केन्द्र, रहनसहन र संस्कृति आदिको बारेमा संक्षिप्त अभिमुखीकरण गराउनुभयो । साथै उहांले ह्वासी होस्टेलमा हामी ३१ जना विद्यार्थीहरुको कोठा नम्बरको बाँडफाँडको बारेमा पनि जानकारी गराउनुभयो । हामी सबै नेपाली विद्यार्थीहरु ह्वासी होस्टेलको ुसिु ब्लकको कोठाहरुमा रहने ब्यवस्था मिलाइएको रहेछ । एउटा कोठामा ३/३ जना विद्यार्थीहरु रहने व्यवस्था मिलाइएको रहेछ । म संगै कोठा नं. ‘सी’ ११७ मा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति कार्यक्रम स्नातकोत्तर तहका साथीहरु प्रकाश खड्का र विजय क्षेत्रीजी हुनुहुन्थ्यो । प्रत्येक कोठामा ३ वटा पलङ र एटेच बाथरुमको व्यवस्था गरिएको थियो ।

दक्षिण एशिया अध्ययन संस्थानको स्वागत कार्यक्रम

अक्टुबर १८ मा लक्षिण एसिया अध्ययन संस्थानले हामी नेपाली विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आयोजना ग¥यो । उक्त कार्यक्रममा संस्थानको तर्फबाट कार्यकारी डीन प्रा. डा. लि ताओले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यस्तै वैदेशिक विद्यार्थी कार्यालयकी विद्यार्थी सल्लाहकार मिस झोऊ, प्रा. डा. झाङ लि., विदेशी विद्यार्थीका तर्फबाट म्यापी पोलानिया (कोलम्बिया), नवआगन्तुक त्रिभुवन विश्वविद्यालयका नेपाली विद्यार्थीहरुको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध कार्यक्रमबाट प्रज्ञावती राई, द्वन्द्व, शान्ति र विकास कार्यक्रमबाट नीता प्रधानाङ्ग प्रधान, लै’ङ्गिक अध्ययन कार्यक्रमबाट कविराज कोइरालाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विश्वविद्यालयको अध्ययन विधि, अध्ययनका विषयवस्तु र गुरु गुरुआमाहरु

दक्षिण एसिया अध्ययन संस्थान (Institute of South Asia Studies) मा हाम्रो औपचारिक कक्षा अक्टुबर २०१६ मा मात्र सुरु भयो । सन् १८८६ मा स्थापना भएको सिचुवान विश्वविद्यालयको १२० औं बर्षगाँठको अवसरमा विश्व विद्यालयद्वारा विविध प्राज्ञिक, शैक्षिक र रचनात्मक कार्यक्रमहरु आयोजना गरिएकाले नियमित पठन पाठन सञ्चालन नभएकाले हाम्रो कक्षा पनि अक्टोबर ८ देखि मात्र शुरु भयो । यस अघि नै २६ सेप्टेम्बर मा हामीलाई कक्षाको विषयवस्तु, गुरु, गुरुआमा र समय तालिका सहितको कक्षा तालिका संस्थानको संयोजक तथा चिनिया भाषाकी गुरुआमा मिस किकोले प्रदान गरिसक्नु भएको थियो । बार अनुसार हप्तामा ५ दिन कक्षा हुने गरी कक्षा तालिका तयार गरिएको थियो । त्यस्तै नियमित कक्षा बाहेकको ‘अतिथि प्रवचन’ कक्षा को पनि तालिका त्यसैमा समावेश गरिएको थियो । जसअनुसार बिहान १० बजे देखि १२ बजे सम्म र दिउ‘ंसो ३ बजे देखि ५ बजे सम्म गरि दुई समूहमा कक्षालाई निर्धारण गरिएको थियो । तर कक्षा तालिकामा अक्टुबर र नोभेम्बरमा सबै दिन बिहिबार मात्र १ वटा कक्षा मात्र निर्धारण गरिएको थियो भने डिसेम्बरमा बुधबार मात्र २ वटा कक्षा निर्धारण गरिएको थियो ।

अक्टुबर र नोभेम्बरको तालिका अनुसार सोमबार मिस जियाङले बिहान चीनिया भाषाको कक्षा, मंगलवार दिउँसो प्राध्यापक डा. युयान हाङले अन्तारष्ट्रिय सम्बन्धको सिद्धान्त र अध्ययन विधि, बुधबार दिउँसो प्रा. डा. झिहुई सङले “वान बेल्ट वान रोड” शीर्षकको सेमिनार कक्षा, विहिवार प्रा. डा. योउहाङ दाइले अन्तराष्ट्रिय राजनीतिक अर्थशास्त्र शीर्षकको कक्षा र शुक्रबार प्रा. डा. चेङले चीन, भारत र नेपाल त्रिपक्षीय सम्बन्ध र अन्तराष्ट्रिय सु’रक्षा शीर्षकको कक्षा तय गरिएको थियो । त्यस्तै अतिथि प्रवचनको रुपमा प्रा. डा. याङको वेन्यु चीन नेपाल आर्थिक सहकार्य एक अध्ययन र नेपालको वैदेशिक आर्थिक सम्बन्ध विषय शीर्षकको कक्षा र प्रा. डा. लिऊ मिङको “समसामयिक चीनिया संस्कृति र समाज” शीर्षकको कक्षा तय गरिएको थियो । त्यस्तै डिसेम्वर र जनवरीको कक्षा तालिका अनुसार सोमबार मिस जियाङको चीनिया कक्षा, मंगलवार दिउँसो प्रा. डा. युयान हाङको अन्तराष्ट्रिय सम्बन्धको सिद्धान्त विधि र अनुसन्धान विधि, बुधबार प्रा. डा. झिहुई सङको चीन र विश्व शीर्षकको कक्षा, विहिबार विहान प्रा. डा. योउहाङ दाइको अन्तराष्ट्रिय राजनीतिक अर्थशास्त्र दिउँसो प्रा. डा. झाङ लि को “अन्तर्राष्ट्रिय सम्बन्ध र क्षेत्रीय सु’रक्षा चीनको प्रस्थान विन्दु र खेल्नुपर्ने भूमिका” शीर्षकको कक्षा र शुक्रबार बिहान प्रा. डा. चेङको “चीन, भारत र नेपालको त्रिपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय सु’रक्षा” विषयक कक्षा व्यवस्थापन गरिएको थियो । त्यस्तै डिसेम्बर र जनवरीमा प्रा. डा. हेपिङको “विश्व श’क्ति राष्ट्रहरुको विदेश नीति” शीर्षक र दक्षिण एशिया अध्ययन केन्द्रकी कार्यकारी डा. डीन प्रा.डा. लि ताओको “चीनिया चिया संस्कृति” शीर्षकको कक्षाको तालिका निर्धारण गरिएको थियो । त्यस्तै हाम्रो चार महिने अध्ययन अवधिको क्रममा सिक्किम विश्वविद्यालयका संस्थापक कुलपति, जवाहरलाल नेहरु विश्वविद्यालय नयाँ दिल्ली भारतका प्राध्यापक डा. महन्द्र पी. लामाले “चीन–भारत–नेपाल त्रिदेशीय सम्बन्धमा अवसरका रुपमा सिमानाहरु : नयाँ आयामहरु” र “नव–क्षेत्रियतावाद” शीर्षकका कक्षाहरु, भारतीय प्रा. डा. हरिन्दर शेखको “भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतको पूर्वीय नीति” भन्ने शीर्षकको कक्षा, नेपालको त्रिभुवन विश्विद्यालयका प्रा. डा. कृष्णप्रसाद ओलीद्वारा लिइएको “वन वेल्ट वन रोड योजनाका अवसर र चु’नौतीहरु एवम् सिन्जियाङबाट चीन–नेपाल–भारत आर्थिक मार्ग निर्माणको प्रश्न” शीर्षकको कक्षा र जवाहरलाल नेहरु विश्वविद्यालयको कुटनीति र निश’स्त्रीकरण सम्बन्धित प्राध्यापक डा. स्वरण सिंहद्वारा “चीन र भारतबीचको सम्बन्धमा ध्यान दिनुपर्ने पक्षहरु शीर्षकमा” सिचुवान विश्वविद्यालयको अतिथि प्राध्यापकका रुपमा प्रवचन दिनुभएको थियो । त्यस्तै सिचुवान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक प्रको’प व्यवस्थापन र पुनः निर्माण केन्द्रमा आयोजित अतिथि प्रवचन कार्यक्रममा सोही केन्द्रका कार्यकारी डीन डा. गु लिन्सर्गद्वारा अतिथि प्रवचन दिइएको थियो । त्यस्तै चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुद्वारा स्थापना गरिएको अरनिको समाजका प्रतिनिधिहरु डा. सर्वोत्तम श्रेष्ठ र बालकृष्ण श्रेष्ठसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

अवलोकन अध्ययन भ्रमणहरु

सिचुवान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संस्थानमा चार महिने अध्ययनको क्रममा उक्त संस्थानद्वारा नै हामी नेपाली विद्यार्थीहरुलाई सिचुवान प्रान्तमा अवस्थित विभिन्न प्राकृतिक, ऐतिहासिक र धार्मिक सांस्कृतिक महत्व बोकेका स्थलहरुमा अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरिएका थिए । २७ सेप्टेम्बर २०१६ मा प्यान हिमालयन सेन्टर फर कल्चरल एण्ड रिलिजियस रिसर्चको भवनमा रहेका भगवान गौतम बुद्धको विभिन्न मुद्राका मूर्ति थाङ्का पौभा चित्रहरुको स्थलगत अवलोकन गर्ने अवसर मिल्यो । बुद्धको ति मूर्ति र चित्रहरुको बारेमा प्रा. डा. चेङले अंग्रेजीमा वर्णन गरिदिनुभयो । सोही क्रममा सिचुवान विश्वविद्यालय अन्तर्गतको हिमालयन सांस्कृतिक एवम् धार्मिक अनुस’न्धान केन्द्रद्वारा सिचुवान विश्वविद्यालयको १२० औं वर्षगाँठको अवसरमा आयोजित विशेष प्रवचन कार्यक्रममा सहभागी भयौँ । उक्त केन्द्रमा त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्बन्ध एवम् कुटनीति विभागका पहिलो ब्याचका सन् २०१५ मा सिचुवान विश्वविद्यालयमा अध्ययन सम्पन्न गरेका हाम्रा अग्रजहरुको फोटो पनि राखिएको रहेछ । २०१६ अक्टोबर १४ मा जिनलिङ ग्रेटवालको अवलोकन भ्रमणमा गयौँ । उक्त ग्रेटवाल अवलोकनको क्रममा हामी पहाड उक्लनु पर्ने भयो । पहाडको चुचुरोमा लफिङ बुद्ध को मन्दिर रहेछ । चीनका मन्दिहरुमा प्रायः बुद्धको मूर्ति नै राखिने रहेछ । चीनको बेइजिङ स्थिति “ग्रेटवाल” लाई झल्को दिने नै गरी उक्त ग्रेटवाल निर्माण गरिएको रहेछ । तर जिन लिङ ग्रेट वालको भित्ताहरु बेइजिङका ग्रेटवालहरु तुलनात्मक रुपमा होचा र साना रहेछन् । उक्त ग्रेटवाल पनि बेइजिङको ग्रेटवाल जस्तै चीनको कुनै वंशका राजाले श’त्रु राज्यका से’नाहरुबाट बच्न ग्रेटवालको निर्माण गर्न लगाइएको हुन सक्छ । ग्रेटवाल रहेको स्थल वरीपरि नेपालमै जस्तो पहाडी इलाकाहरु रहेछन् । नजिकैका सल्लाका वनहरु पनि त्यहां देखिए । त्यहाँको डाँडाकाँडा हरियाली देख्दा नेपालको हामीलाई झझल्को दिलायो । उक्त ग्रेटवालको टुप्पोमा रहेको लफिङ्ग बुद्धको मन्दिर अवलोकन गरेर हामी पहाडको फेद तिर ओर्लियौं । सोही दिन लुओ दाई प्राचिन शहरको पनि अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेकाले हामीहरु विश्वविद्यालयको गाडीमा त्यता तर्फ लाग्यौं । लुओ दाई प्राचिन शहरको एक रेष्टुरेन्टमा खाना खाई हामी प्राचीन शहर घुम्न थाल्यौं । त्यहाँ स्थित विभिन्न प्राचीन मन्दिर, दरबार र शहरको विभिन्न भागहरु घुमे पश्चात हामी ह्वासी छात्रावास तर्फ फर्कियौं । उक्त अवलोकन भ्रमणको क्रममा दक्षिण एसिया अध्ययन संस्थानकी संयोजक मिस किको, सिचुवान विश्वविद्यालय चिनिया विद्यार्थी साथीहरु जस्टिन, जोन र क्रिस लगायतका साथीहरुले हामीलाई भ्रमणको बारेमा मार्ग निर्देशन गर्नुभएको थियो ।

२८ अक्टोबर २०१६ मा हामी पाण्डा सेन्टरको अवलोकन भ्रमण गर्न गयौं । सिचुवान प्रान्त अन्तर्गत छेन्दुमा व्यवस्थित तरिकाले पर्यटकीय स्थलका रुपमा पाण्डा सेन्टरको स्थापना गरिएको रहेछ । त्यहाँ पाण्डाका लागि खाना तथा बासस्थानको ब्यवस्थापन गर्न विभिन्न प्रजातिका निगाला तथा बाँसहरुको झाङहरू रहेछन् । पाण्डाले निगाला र बाँसको टुसा मन पराउने भएकाले त्यसरी बाँस र निगालाको झाँङ व्यवस्थापन गरिएकोे रहेछ । हामीले उक्त पाण्डा सेन्टरमा रहेका रा’तो, सेतो र का’लो पाण्डाहरुलाई अवलोकन ग¥र्यौं । त्यहाँ पाण्डाको उमेर नाम लगायतका कुरा समेतको विवरण राखिएको रहेछ । नेपालले पनि पाण्डा लगायत अन्य जीवजन्तुलाई संर’क्षण गरी त्यस्तै पर्यटकीय केन्द्रहरु स्थापना गरी पर्यटन प्रर्वद्धन गर्न सक्ने प्रसस्त आधारहरु देखिन्छन । सम्बन्धित निकायको त्यता तर्फ पनि ध्यान पुग्नु जरुरी छ । पाण्डा केन्द्रको अवलोकन भ्रमण पछि हामीले केन्द्रको फेदमा रहेको हाँस पोखरीको अवलोकन ग¥यौँ । त्यहाँ दिउँसोको खाजा खाई हामी छात्रवास तिर फर्कियौं ।

नोभेम्बर १९, २०१६ मा हामीले छेन्दुको प्रचीन सिंचाई परियोजना दुजियाङयान सिचाई प्रणाली अवलोकन भ्रमण गर्यौं । दुजियाङयान सिंचाई परियोजना अन्तर्गत कृत्रिम नदीनै सृजना गरिएको रहेछ । हाल उक्त परियोजनालाई पर्यटकीय स्थलको रुपमा विकास गरिएको रहेछ । दुजियाङयान सिंचाई प्रणाली अध्ययनको क्रममा हामीले त्यस क्षेत्रमा रहेका प्राचीन मठ मन्दिरको पनि अवलोकन गर्यौं । दुजियाङयान सिंचाई परियोजनाको माथि तिर एउटा ताल रहेछ । उक्त ताल पहाडको फेदमा रहेछ । तालको माथि पहाडमा केवलकार बाट पर्यटकहरु भ्रमणका लागि जाने ब्यवस्था पनि रहेछ । हाम्रो समय अभावले पहाडको टुप्पोमा पुग्ने कुनै कार्य सूची थिएन । तर साथीहरु प्रकाश खड्का र राजेश शाहजीले पहाडको टुप्पोमा हिडेरै जाने प्रस्ताव गर्नुभयो । हामी पहाड तर्फ उकालो चढ्ने क्रममा अन्य पर्यटकहरु तल पहाडको फेदमा रहेको ताल तर्फ फर्कने क्रममा थिए । केही माथि उक्लेपछि राजेशजी पछि पर्नुभयो । प्रकाशजी र म उकालो चढ्न थाल्यौँ । हामी करिब ५५०० मिटरको उचाई सम्म पुग्यौं । त्यहाँ प्राचीन बुद्धका मन्दिरहरु रहेका छन् । हामी पहाड तिर उक्लने क्रममा अलिक बढी नै समय लागेकाले साथीहरुले फोन गर्न थाल्नु भयो । अनी प्रकाशजी र म हतार हतार ओरालो तिर दौडेर फर्कन थाल्यौं । हामी पहाडको टुप्पोमा रहेको केबलकार स्टेशन सम्म पुग्ने योजनामा थियौं तर समय अभावले त्यो लक्ष्य पुरा हुन सकेन ।

नोभेम्बर २५, २०१६ मा छेन्दु दो फु थ्याच्ड कटेज संग्रहालय र जिन्सा साइट संग्रहालयको अवलोकन भ्रमणको तय गरिएको थियो । आजको भ्रमणमा मिस किकोको साथै जेएनयूका प्रा. डा. महेन्द्र पी लामा र चीनिया साथीहरु म्याक र चेङ पनि हामीहरु सँग हुनुहुन्थ्यो । चीनिया कवि दो फुको सम्झनामा छेन्दु दो फु थ्याच्ड कटेज संग्रहालय निर्माण गरिएको रहेछ । उनको पूर्ण कद र अर्ध कदको प्रतिमा देखि कालपन खरले छाएका काल्पनिक बासस्थान पनि त्यहाँ संग्राहलयमा निर्माण गरिएको रहेछ । अनि संग्राहलय भित्रै प्राचीन मन्दिर पुरातात्विक महत्वका मन्दिर र भवनहरु पनि रहेछन् । त्यस्तै सोही संग्राहलय भित्र एउटा सुन्दर झरना पनि रहेछ । दो फु थ्याच्ड कटेज संग्रहालय भ्रमण झरना पनि रहेछ । दो फु थ्याच्ड कटेज संग्रहालय भ्रमण पछि हामी जिन्सा साइट संग्रहालय घुम्न गयौ । उक्त संग्रहालयको पर्खाल बाहिर नै सुन्दर फूलहरुको बगैंचा रहेछ । हामी कम्पाउण्ड भित्र प’सेपछि पनि प्रवेशद्वारा सँगै मनमोहक फूलका बगैँचाहरु देखिए । उक्त संगाहालय नेपालको लुम्बिनी जस्तै पुरातात्विक महत्वको संग्रहालय रहेछ । उक्त संग्रहालय नेपालको लुम्बिनी जस्तै पुरानो मानव बस्तीको उ’त्खनन गरेर निर्माण गरेको संग्रहालय रहेछ । उक्त संग्रहालयमा प्राचीन गरगहनाहरु, जवाहरतहरु, माटोको भाडाहरु भाडा बनाउने भट्टी र कच्चा पदार्थहरु आदि संग्रह गरेर राखिएको रहेछ । साथै संग्रहालयमा मुख्य आकर्षणको रुपमा प्राचीन शि’कारी युगको जीवन शैली झल्कने हात्ती, मृग, नारी पुरुष, शि’कार गरेर ल्याउँदै गरेको दृष्य, प्राचीन घर, नदी, घाँसपात, पहाड र वनजंगल सहितको सजीव दृष्य रहेछ । हामीले प्रा. डा. महेन्द्र पी. लामा सहित उक्त संग्रहालयको अवलोकन भ्रमण गरी होस्टेल तिर फर्कियौं ।

२४ डिसेम्बरमा हामी लेसान नर्मल विश्वविद्यालय अन्तर्गतको अन्तर हिमालयन पर्यटन तथा साँस्कृतिक केन्द्रद्वारा सोही विश्वविद्यालयमा आयोजित “एसिया पूर्वाधार लगानी बैँक र दक्षिण एसियामा संरचना निर्माण” विषयक प्रवचन कार्यक्रममा सहभागी भयौं । उक्त कार्यक्रममा प्रा.डा. योउहाङ दाइले अवधारणा–पत्र प्रस्तुत गर्नु भयो भने लेसान नर्मल विश्वविद्यालयका प्राध्यापकद्वय याङ र जोन लिऊले मन्तव्य व्यक्त गर्नुभयो । उक्त प्रवचन कार्यक्रम पश्चात सिचुवान नर्मल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु बीच “साँस्कृतिक आदान प्रदान कार्यक्रम” मा सहभागी भयौं । उक्त कार्यक्रम पछि हामी लेसान नगरको नदी किनारको नजिकको पहाडमा अवस्थित भगवान् बुद्धको विशाल प्रतिमाको अवलोकन भ्रमणमा सहभागी भयौं । हामीले नदीको डुंगाबाटै उक्त बुद्ध प्रतिमाको अवलोकन ग¥यौ । त्यसपछि लेसान नर्मल विश्वविद्यालयमा आयोजित प्रवचन कार्याक्रममा प्रा. याङले बुद्ध चीनको लेसानमा जन्मिएको कुरा बताउनु भएको थियो । त्यसले हामीलाई आश्चर्यमा पारेको थियो तर पछि प्रा.डा. योउहाङ दाइले त्यो प्रा. याङको व्यक्तिगत धारणा रहेको र बुद्ध नेपालको लुम्बिनीमा नै जन्मिएको उल्लेख गर्नु भएको थियो । उक्त भ्रमण प्रा. डा. दाइले नै व्यवस्थापन गर्नु भएको थियो ।

चीन र दक्षिण एसियाली राष्ट्रहरुको गुणस्तर विभागको अन्तराष्ट्रिय सम्मेलनमा सहभागिता

छेन्दु स्थित होटेल सांग्रिलामा आयोजित नोभेम्बर २ मा चीन दक्षिण एसियाली गुणस्तर सहकार्य सम्मेलनमा भाग लिने अवसर प्राप्त भयो । उक्त सम्मेलनमा चीन लगायत दक्षिण एशियाली सहयोग संगठनका अफगानिस्तान बाहेकका सबै देशका प्रतिनिधिहरुको सहभागिता थियो । उक्त सम्मेलनमा चीन गुणस्तर निगमका उप–प्रशासक गुओ हुई, दक्षिण एसियाली क्षेत्रीय गुणस्तर संघका निर्देशक इन्दु विक्रम जोशी, छेन्दु नगर सरकारका उप–मेयर टियन रोङ, अन्तर्राष्ट्रिय गुणस्तर संघका झाङ सियाओगोङ दक्षिण एसियाली गुणस्तर विभागका महानिर्देशक डा. शैयद हुमयुन कबिर, चीन गुणस्तर निगमका प्रशासक डा. टियन शि होइङ, माल्दिभ्सका आर्थिक विकास मन्त्री अब्दुल्लाह मोहम्मद, गुणस्तर तथा नापतौल विभाग नेपाल शाखाका महा–निर्देशक विश्वबाबु पुडासैनी, श्रीलंकाली गुणस्तर संस्थानकी सह–निर्देशिका चमारी राधा लङ्का गिगानागे, पाकिस्तान गुणस्तर तथा गुण नियन्त्रक आयोग, पाकिस्तानका अख्तर अहमद बुधियो, आदिले उद्घाटन सत्रमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै चीनिया राज्य संरचना इन्जिनियरिङ कम्पनीका प्रमुख इन्जिनियर झाङ चाउटिसन, दक्षिण एशियाली गुणस्तर संघका उप–निर्देशक टाशी वाङचुक् (भुटान), शहरी विकासका लागि चीनिया समाजका वैज्ञानिक वाङ बिज्यु, भारतीय विद्युत उद्योग समितिका अध्यक्ष विनोद शर्मा, चीन इलेक्ट्रोनिक गुणस्तर संस्थान अध्ययन केन्द्रका उप–निर्देशक वाङ वेन फन ले गोलमेच बै’ठकमा आ–आफ्ना प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा प्रा. डा. लि ताओ, प्रा. डा. झि हुई सङ प्रा. डा. महेन्द्र पी. लामा र मिस किकोको समेत उपस्थिति थियो ।

बडा दशै, तिहार र छठको शुभकामना आदानप्रदान :

सिचुवान विश्वविद्यालयमा हामी नेपाली विद्यार्थीहरु पुग्दा विश्वविद्यालयको १२० औँ वर्षगाँठको अवसरमा विविध रचनात्मक कार्यक्रमहरू आयोजना भईरहेकोले औपचारिक कक्षाहरू विदा थिए । विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली चाडहरू विजयदशमी, तिहार र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ३० सेप्टेम्बरमा ह्वासी होस्टेलको ‘डी’ ब्लकको अध्ययन कक्षमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सिचुवान विश्वविद्यालयका प्राध्यापक गाओ, वैदेशिक विद्यार्थी कार्यालयकी विद्यार्थी सल्लाहकार मिस झोऊ लगायतका व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो । सो कार्यक्रमको सञ्चालन डा. रामबाबु शाहले गर्नुभएको थियो भने हाम्रा सहपाठीहरू प्रकाश अधिकारी, श्याम क्षेत्री र रूपा बस्नेतले ‘चरी उड्यो बादल छुनलाइ’ र ‘फूलको आँखामा’ बोलका नेपाली गीत गाउनुभएको थियो ।

नेपाली विद्यार्थीहरूको खेलकुद कार्यक्रममा सहभागी :

नेपाली चाड बडादशैँ, तिहार र छठको अवसरमा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूबाट रचनात्मक खेलकुद कार्यक्रमहरूको आयोजना गरिएको थियो । जस अनुसार फुटबल, बास्केटबल, टेबलटेनिस, डोरी तान्ने, दौड र थैलो दौड लगायतका रचनात्मक खेलकुद आयोजना गरिएका थिए । सिचुवान विश्वविद्यालयको रंगशालामा आयोजना गरिएको फुटबल कार्यक्रममा सिचुवान विश्वविद्यालय–११ ले त्रिभुवन विश्वविद्यालय–११ लाई ६–० ले परा’जित गरेको थियो । म पनि त्रिभुवन विश्वविद्यालयको तर्फबाट खेलेको थिएँ । पूर्व अभ्यासको कमी, एकापसमा समन्वयको कमी, खेल सीपको क’मी, कम’जोर रक्षा’त्मक अवस्था आदि कारणले हामी फराकिलो गोल अन्तरले परा’जित हुन पुगेका थियौँ । डोरी तान्ने खेलमा त्रिभुवन विश्वविद्यालयले सिचुवान विश्वविद्यालयलाई परा’जित गरेको थियो । बास्केटबल, दौड र टेबलटेनिस र थैलो दौडमा भने सिचुवान र त्रिभुवन दुबै विश्वविद्यालयका सहभागी विद्यार्थीहरू विजयी बन्नुभएको थियो ।

बडादशैँ नेपालीहरूको वनभोजमा सहभागी :

बडादशैको उपलक्ष्यमा सिचुवान प्रान्त छेन्दुमा विभिन्न व्यवसायमा संलग्न भई बसोबास गर्दै आएका र सिचुवान विश्वविद्यालयमा अध्ययनरत नेपालीहरूको आयोजनामा ११ अक्टुबर, १०१६ मा छेन्दु शहर स्थित एक वनभोज स्थलमा वनभोज कार्यक्रम सम्पन्न भएको थियो । वनभोज टीका ग्रहण र नाँचगान कार्यक्रम सहित सम्पन्न गरिएको थियो । म जेठी आमा बि’त्नुभएकाले टीका ग्रहण कार्यक्रममा सहभागी भएको थियो । त्रिभुवन विश्वविद्यालयका सहपाठीहरू प्रज्ञावती राई र श्याम क्षेत्रीले युगल नृत्य प्रस्तुत गर्नुभएको थियो भने सामुहिक नाँचगान पनि भएको थियो ।

अन्तरक्रिया कार्यक्रम

डिसेम्बर २६ मा त्रिभुवन विश्वविद्यालयका नेपाली विद्यार्थीहरुको आयोजनामा सिचुवान विश्वविद्यालयको पूर्वी गेटमा अवस्थित वानजियाङ क्याम्पसको वेन्के भवनको कोठा नं. ४५४ मा “नेपाल–चीन–भारतको सम्बन्धमा वन वेल्ट वन रोड अवसर र चुनौति” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा कार्यक्रममा विषय प्रवेश पुरुषोत्तम पौडेलले, स्वागत मन्तव्य प्रज्ञावती राइले र कायक्रमको सञ्चालन र सहजीकरण प्रकाश अधिकारीले गरेका थिए । कार्यक्रममा सिचुवान विश्वविद्यालयका प्रा. डा. योउहाङ दाइ र जवाहरलाल नेहरु विश्वविद्यालयका प्रा. डा. महेन्द्र पी. लामाले सम्बन्धित विषय वस्तुमा केन्द्रीत भएर आ–आफ्ना धारणा राख्नु भएको थियो ।

प्राध्यापक योउहाङ दाईको सुपुत्रीको जन्मदिनमा सहभागिता

डिसेम्बर ३०, २०१६ मा प्रा. डा. योउहाङ दाइले आफ्नो छोरीको जन्मदिनमा हामीलाई निमन्त्रणा गर्नुभएको थियो । उहाँको अनुस’न्धान–पत्रको विद्यार्थीको रुपमा मेनका पछाई, प्रतिमा पोखरेल, पुरुषोत्तम पौडेल, परीक्षा सापकोटा र म उहाँको निजी कार्यालयमा गएका थियाँै । साथै भियतनामका २ जना विद्यार्थी र केही आफन्तहरुलाई पनि निमन्त्रणा गरिएको रहेछ । उहाँले घरमै तयार गरेको परिकार हामीलाई प्रदान गर्नु भयो । वर्थ डे केक काटेर सामान्य तवरबाट प्रा. डा. दाईको छोरीको जन्मदिन मनाइएको थियो ।

विदाई कार्यक्रम

जनवरी १०, २०१६ मा सिचुवान विश्वविद्यालय दक्षिण एसिया अध्ययन संस्थानद्वारा त्रिभुवन विद्यालयका नेपाली विद्यार्थीहरुलाई विदाइ कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रमममा दक्षिण एसिया अध्ययन केन्द्रकी कार्यकारी डीन प्रा.डा. लि ताओ, प्रा. डा. चेङ, जे.एन.यु. का प्रा. डा. महेन्द्र पी. लामाले विदाइ मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाली विद्यार्थीहरुको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति कार्यक्रमबाट पुरुषोत्तम पौडेल, द्व’न्द्व, शान्ति र विकासका कार्यक्रमबाट टासी लामा र लै’ङ्गिक अध्ययन कार्यक्रमबाट रुपा बस्नेतले मन्तव्य रोखका थिए । त्यस्तै कार्यक्रममा दक्षिण एशियाली अध्ययन संस्थानकी कार्यकारी डीन प्रा. डा. लि ताओले नेपाली विद्यार्थीहरुलाई संस्थानको प्रमाण–पत्र प्रदान गर्नुभएको थियो भने प्रमाणपत्र वितरण कार्यक्रमको सञ्चालन संस्थानकी संयोजक मिस जियाङले गर्नु भएको थियो ।

सन् २०१५ मा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति कार्यक्रमका संयोजक प्रा. डा. खड्ग के. सी. को विशेष पहलमा त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति र सिचुवान विश्वविद्यालयका प्रतिनिधिबीच त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले चीनको सिचुवान विश्वविद्यालय आंशिक छात्रवृत्तिमा अध्ययनको व्यवस्था सहितको सम्झौता–पत्रमा हस्ताक्षर गरिएको थियो । सोही सम्झौता पत्रको प्रावधानको आधारमा अन्तरािष्ट्रय सम्बन्ध तथा कुटनीति कार्यक्रमको पहिलो व्याचबाट २० जना अग्रजहरुले सन् २०१५/०१६ को शैक्षिक सत्रमा सिंचुवान विश्वविद्यालयमा अध्ययन पुरा गर्नु भएको थियो । हामी सोही सम्झौता पत्र बमोजिम दोस्रो ब्याचबाट छनोट भई सेप्टेम्बर २४, २०१६ देखि चीनको सिचुवान प्रान्तको प्रान्तीय राजधानी छेन्दु शहर स्थित सिचुवान विश्वविद्यालयमा आंशिक छात्रवृत्ति अन्तर्गतको विद्यार्थीको रुपमा अध्ययन सम्पन्न गरी १३ जनवरी २०१७ मा हामी नेपाल फर्कियौ ।

पुस्तकालय र अध्ययन कक्षहरू

दक्षिण एसिया अध्ययन केन्द्रमा एक पुस्तकालय रहेको थियो । हामी नेपाली विद्यार्थीहरूले पनि पुस्तक दर्ता गरेर एक हप्तासम्म आवासमै लगेर अध्ययन गर्न पाउने व्यवस्था गरिएको थियो । तर अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति बारे त्यति धेरै अंग्रेजी पुस्तकहरू त्यहाँ उपलब्ध थिएनन् । हामीले अध्ययन गर्ने वेनके भवनको ठीक पारीपट्टी सिचुवान विश्वविद्यालय अन्तरगतकै अर्को पुस्तकालय रहेछ । त्यहा बसेर अध्ययन गर्न हाम्रा सामान्य विद्यार्थी परिचय–पत्रबाट पनि पाइन्थ्यो तर पुस्तक घरमा लगेर लैजानका लागि केही अतिरिक्त शुल्क तिरी अर्को पुस्तकालय परिचय–पत्र बनाउनुपर्ने व्यवस्था रहेछ । त्यस्तै वेनके भवनको नजिक विश्वविद्यालयको पूर्वी अध्ययन केन्द्रमा पनि चीन र विश्व सम्बन्धी समाजशास्त्र मानवशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति, पुरातत्वशास्त्र, इतिहास, धर्म, संस्कृति आदि विषयका पुस्तकहरू थिए र त्यहाँ परिचय–पत्र बनाउने र पुस्तक घर लैजान पाउने प्रणाली थिएन तर पुस्तक फोटोकपी गर्ने र निश्चित समयमा बुझाउने प्रणाली थियो । त्यस्तै हामी बस्ने ह्वासी होस्टेलको नजिक विश्वविद्यालयको मेडिकल सम्बन्धी पुस्तकालय थियो । केही साथीहरू उक्त पुस्तकालयमा पनि गएर अध्ययन गर्नुहुन्थ्यो ।

प्रायः सबै छात्रवासहरूमा अध्ययन कक्षहरू व्यवस्थित गरिएका थिए । ती अध्ययन कक्षहरू बिहान ८ बजे खुल्ने र ११ बन्द हुन्थे । अध्ययन कक्षमा एसीको व्यवस्था गरिएको थियो । हामी बस्ने ‘सी’ ब्लकको भुई तलामा अध्ययन कक्ष थियो ‘डि’ ब्लकमा पनि अध्ययन कक्ष थियो ‘ए’ र ‘बी’ ब्लकमा अध्ययन कक्ष थिएन । कोठामा पढ्ने वातावरण नभएको अवस्थामा अध्ययन कक्ष निकै उपयोगी हुने गर्दथ्यो ।

विश्वविद्यालयको चमेना गृह र छात्राबासको भान्सा कक्ष

हामी बसेको ह्वासी होस्टेलको नजिकै विश्वविद्यालयको चमेना गृह रहेको थियो । त्यस्तै हामी ह्वासी होस्टेलबाट विश्वविद्यालयको उत्तरी द्वार हुँदै वान्जियाङ क्याम्पस जाने बाटोमा पनि २ वटा क्यान्टिनहरू रहेका थिए । हामीलाई विश्वविद्यालयले खानाका लागि ‘फुड कार्ड’ उपलब्ध गराएको थियो । त्यसै कार्डमा रहेको पैसाबाट क्यान्टिनमा रहेको खानाबाट छनोट गरेर खाना खान पाइन्थ्यो । खाना खाने क्रममा जेएनयुका प्रा. डा. महेन्द्र पी. लामा सँग पनि भेट हुन्थ्यो । त्यस्तै हामीले अध्ययन गर्ने वेनके भवनको पारीपट्टि विश्वविद्यालयको पूर्वी गेटको नजिकैको होस्टेल नजिक वैदेशिक विद्यार्थी कार्यालयको क्यान्टिन थियो । त्यहाँ अलिक महँगो भए पनि खानाहरू ताजा पाइन्थे । क्यान्टिनमा प्रा. डा. दाई सँग भेट भइरहन्थ्यो ।

हामी बस्ने ह्वासी होस्टेलमा प्रत्येक तल्लामा भान्सा कोठा थियो । सुरुवाती दिनहरूमा हामीले क्यान्टिन, रेष्टुरेन्टमा नै खाना खाने गरेका थियौँ । तर म सिचुवान गएको केही दिन पछि नै जेठी आमा हरिमाया बुढाथोकीको दुखद नि’धन भएकाले क्यान्टिन र रेष्टुरेन्टमा शुद्ध खाना पाउन गाह्रो हुने भएकाले मैले होस्टेलकै भान्साकोठामा खाना पकाउन थालेँ । किनकी क्यान्टिन र रेष्टुरेन्टमा आफन्त बित्नुहुँदा खाने शुद्ध खाना पाइदैनथ्यो । क्यान्टिन र रेष्टुरेन्टमा शुद्ध शाकाहारी खाना पाइदैनथ्यो । साग र मासुका परिकारहरू छुट्टाछट्टै पाइने भए पनि खाना राख्ने डाडु पन्यु एउटै प्रयोग गरिन्थे । अर्को कुरा नजिकको आफन्तको नि’धन हुँदा मा’सु मात्र नभएर नुन समेत बा’र्नुपर्ने भएकाले रेष्टुरेन्ट र क्यान्टिनमा त्यस्तो खाना पाउने सम्भावना नै थिएन । नजिकमा तरकारी बजार रहेको र भान्साकोठामा उमालेको तातोपानी र ग्यास चुल्होको व्यवस्था भएकाले खाना आफैले पकाउन खास गा’ह्रो थिएन । तर कहिलेकाही भान्साकोठामा अलिक भीडभाड हुन्थ्यो । भीड भएको बेला केही समय पालो पर्खनुपर्ने हुन्थ्यो या माथिल्लो तल्लाको भान्साकोठामा गएर पकाउनु पथ्र्यो । भान्साकोठा बिहान ७ बजे खुलेर बेलुका ११ बजे बन्द हुन्थ्यो । बिहान कक्षा १० बजे हुँदा हामी ह’तार ह’तार खाना पकाएर खाएर कक्षा जान्थ्यौँ । कहिलेकाही ९ बजे पनि कक्षा हुँदा या त पकाएर ब्रेक टाइममा आएर खानुपथ्र्यो या त क्यान्टिन या रेष्टुरेन्टमा खानुपथ्र्यो ।

सवारी साधनको व्यवस्था

हामी ह्वासी होस्टेलबाट वान्जियाङ क्याम्पस पुग्न ४५ मिनेट जति लाग्थ्यो । छिटो हिँड्दा आधा घन्टामा पुगिन्थ्यो । हामी प्रायः हिँडेरै कक्षा जान्थ्यौँ । तर कुनै समय खाना पकाउँदा या अन्य कुनै कारावश ढिलो भएमा नजिकै ट्याक्सी पाइन्थ्यो । चीनियाँ भाषामा कुरा गरेपछि ट्याक्सीले हामीलाई विश्वविद्यालयको पूर्वी गेट सम्म पु¥याइदिन्थ्यो । त्यहाँसम्म पुगेको ट्राफिक जाम नहुँदा ८ युयान र जाम हुँदा र जाम हुँदा ९ या १० रुपैयाँ सम्म भाडा लाग्थ्यो । ह्वासी होस्टेल देखि पूर्वी गेटसम्म नजिक सार्वजानिक बस पनि चल्थ्यो तर नियमित रूपमा नचल्ने कहिलेकाही मात्र चल्ने हुनाले हामी ट्याक्सीमै जानुपर्ने हुन्थ्यो ।

बजार

हामी बस्ने ह्वासी होस्टेलको नजिकतिर दैनिक उपभोग्य सामान किनमेलको लागि सुपरमार्केट र व्यापारिक भवनहरू थिए । फुटपाथ पसलहरू त्यति थिएनन् । कही कही मात्र देखिन्थ्यो । ‘वालमार्ट’ लगायतका व्यापारिक भवनहरू प्रतिष्ठानहरू पनि प्रशस्तै थिए । प्रायः सामानहरूको अंकित मूल्य हुन्थ्यो । सामान किन्दा त्यति बार्गेनिङ’ चल्दैनथ्यो । तर नर्थ रेल्वे स्टेसनतिर निकै सस्ता मूल्यका सामानहरू पनि पाइन्थे ।

आर्थिक–सामाजिक अवस्था

चीनले १९७८ देखि खुला अर्थतन्त्रको नीति अ’ख्तियार गरेसँगै सम्पत्तिमाथिको सामुहिक स्वामित्वको ठाउँमा व्यक्तिगत स्वामित्वले लिन थाल्यो । तथापि मुख्य व्यापारिक प्रतिष्ठानहरू र बैंक तथा वित्तीय संस्थामाथि राज्यसरकारकै निय’न्त्रण कायम गरिएको रहेछ । तथापि व्यक्तिगत सम्पत्ति माथि सामुहिक स्वामित्वको ठाउँमा व्यक्तिगत स्वामित्वको प्रणाली शुरु भएपछि चीनमा धनी र गरीबहरूको बीचको असमा’नता निकै बढिरहेको देखिन्छ । चीनको सडकमा पनि केही मग’न्तेहरू हात पसारेर बसिरहेका देखिन्थे । तर तिनीहरू त्यस्तो धेरै संख्यामा देखिएनन् । त्यस्तै केही युवायुवतीहरू बढी उमेरसम्म अविवाहित रहेको पनि पाइयो । आफ्नो भविष्य निर्माणको लागि अध्ययनमा समय दिनुपरेकाले त्यो अवस्था आएको हुनसक्छ ।

कोटा प्रणाली, एक सन्तान नीति र त्यसको असर

चीनमा सन् १९४९ मा माओको नेतृत्वमा साम्यवादी व्यवस्था स्थापना गरिएपछि सन् १९५९/१९६६, १९६६/१९७७, १९७३/१९७९, १९८०, १९८२,१९८४, १९९६, २०१३ र १९१५ र २०१६ मा गरी पटक पटक जनसंख्या नीति ला’गू र परिमार्जन गरिँदै आइएको रहेछ । सोही जनसंख्या नीति ‘एक सन्तान नीति अन्तरगत कुनै दम्पत्तिले सन्तान जन्माउनु पूर्व सरकारले कोटा छु’ट्याइदिने प्रणाली समेत अवलम्बन गरिएको रहेछ । प्रा. डा. लिऊ मिङको अनुसार कोटा जनसंख्या नीति र एक सन्तान नीति अख्तियार अन्तरगत कोटा प्रणाली ला’गू गर्दा धेरै दुख पीडा र है’रानीहरू चीनिया जनताले झे’ल्नु परेको उल्लेख गर्नुभएको थियो । जस अनुसार, बालबच्चाको गै’रकानुनी ओसा’रपसार बढेको, महिला पुरुष बिचको लिङ्गीय अनुपात अनियमित भएको र महिलाहरूले क’रकापपूर्ण गर्भप’तन गराउनुपर्ने अवस्था सिर्जना भएको रहेछ । चीनको औसत पुरुष महिलाको अनुपात ११७ / १०० भएपनि कोटा प्रणाली र लि’ङ्ग अनुपातको कारण हेनान प्रान्तमा त्यो अनुपात १३५ / १०० र ग्वान्जाओ प्रान्तमा त्यो अनुपात १३०.३ / १०० भएको प्रा. डा. मिङले उल्लेख गर्नुभएको थियो । त्यस्तै एक सन्तान नीतिको नका’रात्मक अ’सरका रूपमा छोरीहरूको भू्रण ह’त्या गरेर छोरा जन्माउने प्रचलन बढेको, यदि एक कुनैको गाउँको एक जना व्यक्तिले चीन सरकारको जनसंख्या नीति नमानेमा गाउँका सबै युवकलाई फौ’जदारी अप’राधमा दो’षी ठह¥याई कार’वाही गर्ने गरिएको र छोरा जन्माउने आशामा अधिक सन्तान जन्माउने दम्पत्तिले गरिबी र अभावको कारण आफ्नो सन्तान आफन्तहरूलाई बेच्ने अवस्था समेत सिर्जना भएको रहेछ ।

कोटा प्रणाली अनुसार कुनै दम्पत्तिले सन्तान जन्माउन सरकारी निकायबाट सन्तान जन्माउने वै’धानिकताको प्रमाणपत्र वा इजाजत लिनुपर्ने बाध्या’त्मक व्यवस्था रहेको उल्लेख गर्नुभयो । यही सरकारबाट सन्तान जन्माउने इजाजत प्राप्त गरी बच्चा जन्माएमा उक्त बच्चाको जन्म दर्ता समेत नहुने अवस्था रहेको र उक्त बच्चाले विद्यालयस्तर, क्याम्पसस्तर र विश्वविद्यालय स्तरको अध्ययन गर्नबाट ब’ञ्चित रहनुपर्ने, रोजगारी प्राप्त गर्न क’ठिनाई विदेश जान समेत आवश्यक कागजातको अभा’वमा विदेशमा जान समेत स’मस्या सिर्जना हुने गरेको र बालबालिकाले राज्यबाट प्राप्त गर्ने आधारभूत पोषणबाट समेत ब’ञ्चित हुने अवस्था रहेको प्रा. डा. लिऊ मिङले उल्लेख गर्नुभयो ।

कोटा प्रणाली एक सन्तान नीति जस्ता जनसंख्या नीतिको नका’रात्मक प्रभा’वहरूबाट पाठ सिकेर चीनले सन् २०१३ देखि दुई सन्तान नीति अवलम्बन गर्न सुरु गरेको तर चीनिया समाजमा अझैसम्म पनि पुरानो ‘एक सन्तान’ नीतिकै प्र’भाव रहेको उल्लेख गर्नुभयो । त्यस्तै परम्परागत रूपमा चीनमा पितृसत्ता’त्मक परम्परा नै हा’बी रहेको र महिलालाई सानो उमेर हुँदासम्म बुवाले, विवाह पछि श्रीमानले र श्रीमान्को मृ’त्युपछि वा वृद्धावस्थामा छोराले हेरचाह गर्ने परम्परा रहेको उल्लेख गनुभयो ।

सर्वहारा सांस्कृतिक क्रा’न्तिवारे

चीनमा माओको पालामा सन् १९६६ देखि १९७६ सम्म भएको सर्वहा’रा सांस्कृति क्रा’न्तिलाई त्यति सकारात्मक रूपले लिइने रहेनछ । माओलाई उच्च सम्मान र आदर भाव दर्शाइने गरिए तापनि माओको मृ’त्यपछि माओले घो’षणा गरेका उत्तराधिकारी हुग्वाफाओ अल्पमतमा परेपछि प्रभा’वशाली बनेका देङ सियाओ पिङको अर्थतन्त्रको सुधारवादी नीतिलाई नै चीनको आर्थिक विकासको मूल कडी मानिने रहेछ । खासगरीकन सांस्कृतिक क्रा’न्तिका क्रममा चीनमा चीनिया जनता बीचमै एकआपसमा गृहयृ’द्ध हिं’सा भ’ड्किएको, फरक राजनीतिक आस्थाका कारण सयौँ व्यक्तिहरूको ह’त्या गरिएको, गाउँका जमिन्दारहरूलाई जनकार’वाही गरि मा’रिएको, नयाँ विचार सिर्जना गर्ने विद्वान् प्राध्यापकहरूलाई समेत को’पभाजनको शि’कार बनाइएको र सांस्कृतिक क्रा’न्तिमा चीनको उद्योग धन्दा कलकारखाना शैक्षिक संस्था लगायत निकाय ठप्पै भएकाले र चीनमा विभिन्न भूभागहरूमा भो’कमरीको कारण समेत सयौँ जनताहरू मृ’त्युवरण गर्न बाध्य भएकाले साँस्कृतिक क्रा’न्तिलाई एउटा भया’नक वि’पद भएको धारणा प्रा. डा. सङ ले उल्लेख गर्नुभएको थियो ।

चीनको आर्थिक समृद्धिको कारक

सन् १९४९ मा चीनमा साम्यवादी क्रा’न्ति पश्चात् तत्कालीन सोभियत संघले सयौँ डाक्टर इन्जिनियर र प्राविधिक पठाएर आर्थिक क्रा’न्ति, भौतिक राजनीति सबै प्रकारले सहयोग गरेको रहेछ । तर कालान्तरमा चीन सोभियत संघले राजनीतिक क्षेत्रमा पनि हस्तक्षे’प गर्ने अवस्था सिर्जना भएपछि आफ्नो सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने अवस्था आउन नदिने चीनले सोभियत संघसँग दौत्य सम्बन्ध नै तो’डेको रहेछ । तत्पश्चात् सोभियत संघबाट चीनले प्राप्त गरेको आर्र्थिक, भौतिक, राजनीतिक र प्राविधिक सहयोग बन्द भई सोभियत संघले आफ्ना चीनमा पठाएका सबै प्राविधिकहरूलाई समेत फिर्ता बोलाएपछि चीन अन्तराष्ट्रिय जगतबाट ब’हिस्करणमै परेजस्तो भएको रहेछ । तत्पश्चात् चीनले आत्मनिर्भर मुलुक बनाउन निकै क’ठोर क’दम चाल्न पनि पछि नपर्ने अवस्था सिर्जना भएछ । तर सन् १९६२ को चीन–भारत यु’द्ध, सन् १९६६ देखि १९७६ सम्मको साँस्कृतिक क्रा’न्तिमा भएको गृहयु’द्ध, संयुक्त राष्ट्रसंघको सु’रक्षा परिषदमा स्थायी सदस्यको रुपमा ताइवानको उपस्थिति आदि कारणले गर्न चीनले आत्मनिर्भर बन्ने लक्ष्यमा तुषा’रापात भएछ । अर्कोतिर साम्यवादी सिद्धान्त अनुसार सम्पत्तिमाथिको व्यक्तिगत स्वामित्व अ’न्त्य गरी सामूहिक स्वामित्व कायम गरेपछि चीनको कृषि उत्पादकत्व झन्झन् घ’ट्दै जान थालेछ । किनकी सामुहिक कृषि पद्धति अनुसार खेती गर्दा त्यसको सबै उत्पादन राज्यलाई बुझाउनुपर्ने भएकाले खेतबारीमा काम गर्ने व्यक्तिहरू खासै मेहनत नगरी औपचारिकता पुरा मात्र गर्न थालेछन् । त्यसरी उत्पादकत्व घ’ट्दै गएपछि चीनिया कम्युनिष्ट पार्टीको नेतृत्वमा सामुहिक काम्युन प्रणाली बारे ब’हस र पुनः विचार हुन थालेछ । चीनिया कम्युनिष्ट पार्टीका केन्द्रीय नेता देङ सियाओ पिङले गोे’प्य रूपमा आफ्नो विशेष प्रभाव भएको गाम्रीण इलाकामा नमुनाको रूपमा सामुृहिक नभई अर्ध–सामुहिक प्रणालीको परी’क्षण गर्न लगाएछन् । सो प्रणाली अनुसार कृषकले उत्पादन गरेको अन्न मध्ये आधा राज्यलाई प्रदान गर्ने र आधा सम्बन्धित कृषकले आफैले व्यक्तिगत रूपमा स्वामित्व ग्र’हण गर्ने प्रा’वधान भएपछि कृषकहरू थप मेहनतका साथ कृषि क्षेत्रमा लागेछन् । उक्त प्रणालीमा पहिलाभन्दा निकै बढी कृषि उत्पादन भएछ । उक्त कृषि उत्पादनलाई बजारको व्यवस्था गरी बिक्री हुने व्यवस्था समेत मिलाइएछ । त्यसरी पूर्ण सामुहिक वा राज्यलाई सबै उत्पादन प्रदान गर्ने भन्दा अर्ध सामुहिक पद्धति वा उत्पादनको वा आधा व्यक्ति र आधा राज्यलाई प्रदान गर्ने प्रणालीमा कृषकहरूले बढी मेहनतमा साथ काम गरेको र उत्पादन पनि बढी हुने भएपछि विस्तारै चीन भर नै उक्त अर्थ सामुहिक खेती प्रणाली लागू गर्न थालिएछ । विस्तारै आधुनिक मल, बीऊ र औ’जार प्रयोग गरी आधुनिकीकरण गर्न थालेपछि कृषि क्षेत्रले नै चीनको आर्थिक टेवा दिन थालेछ । अर्कातिर चीनमा माओत्सेतुङका पालासम्म बजार अर्थतन्त्रलाई अपनाइएको थिएन । माओत्सेतुङको मृ’त्युपछि सन्् १९७८ पछि देङ सियाओ पिङको नेतृत्वमा बजार अर्थतन्त्रलाई अपनाइयो । साथै माओको पालामै सन् १९७१ मा ताइवानलाई विस्थापन गरेपछि र १९७३ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीनको भ्रमण गरी दुई देश बीच दौत्य सम्बन्ध कायम भएपछि चीनको बाहिरी विश्वसँग थप सम्पर्क र सम्बन्ध बढ्न थाल्यो ।

चीनिया विशेषता सहितको समाजवाद

१९७६ मा माओको निधनपछि उनका उत्तराधिकारी हुग्वाफायो चीनिया कम्युनिष्ट पार्टी चीनिया जनमु’क्ति से’ना र चीनिया सरकारको नेतृत्वमा स्थापित गरिए । तर १९७८ मा हुग्वाफाओ अल्पमतमा परे र देङ सियाओ पिङको नीति, सिद्धान्त र कार्ययोजना हा’वी भयो । “बिरालो चाहे कालो होस वा सेतो होस त्यसको औचित्य तबसम्म रहन्छ जबसम्म त्यसले मुसो मा’र्छ” भन्ने देङ सियाओ पिङ चीनका सुधारवादी नेता मानिन्छन् । १९७८ मा उनी र उनको सुधारवादी विचारले चीनिया कम्युनिष्ट पार्टीभित्र बहुमत हासिल गरेपछि शास्त्रीय माक्र्सवादीहरूले चीनमा प्रतिका’न्ति भएको टिप्पणी गरेका थिए । देङ सियाओ पिङले चीनमा माओकालीन शास्त्रीय र माक्र्सवादी सिद्धान्तहरू सर्वहारा वर्गको अधिनायकत्व, वर्गसंघ’र्ष र शस’स्त्र संघ’र्ष आदिलाई स्थान नदिई शान्तिपूर्ण आर्थिक सामाजिक रूपा’न्तरणको नीति अ’ख्तियार गरेका थिए । जस अनुसार चीनमा खुलापन र बजार अर्थतन्त्रको सुधारवा’दी नीति अ’ख्तियार गरेका थिए । त्यस्तै माओकालमै अमेरिकासँग दौत्य सम्बन्ध कायम गरी अन्य पूँजीवादी राष्ट्रहरूसँग १९७३ मा द्विपक्षीय र बहुपक्षीय सम्बन्धको ढोका खोलिएपछि शुरु भएको चीनको वैदेशिक सम्बन्ध १९७८ मा देङ सियाओ सुधारवा’दी नीतिलाई चीनले अबलम्बन गरिएपछि अझ विस्तार हुन पुग्यो । साथै देङ सियाओ पिङको लाईनको चीनमा दबद’बा शुरु भएपश्चात् चीनले औद्योगिकरण सम्पन्न ग¥यो । जसबाट चीनले छोटो समयमा नै ठूलो आर्थिक फ’ड्को मा’र्न सफल भयो । यसरी चीनले बजार अर्थतन्त्रलाई अवलम्बन गरेपछि र विश्वका पूँजीवा’दी देशहरूसँग साझेदारी गर्न थालेपछि अन्य देशका शास्त्रीय माक्र्सवा’दीहरू र पश्चिमा श’क्तिहरूले पनि चीनलाई ‘पूँजीवादी’ आर्थिक प्रणाली अ’ख्तियार गरेको टि’प्पणी गरे । तथापि चीनियाहरू चीन पश्चिमी मोडलको पूजीँवा’दमा नगएको र कहिल्यै पनि जान नसक्ने जि’किर गर्दै चीनले “चीनियाँ विशेषता÷चरित्र सहितको समाजवा’द अवलम्बन गरेको सगौरव उल्लेख गर्दछन् । त्यस्तै चीनले अ’ख्तियार गरेको एकदलीय पद्धतिलाई पश्चिमी राष्ट्रहरूको अलोकता’न्त्रिक पद्धति भनी गरेको टिप्पणी” पनि चीनियाहरूले प्रतिवा’द गर्दै “एकदलीय प्रणाली” चीनको माटो सुहाउँदो व्यवस्था भएको र बहुदलीय प्रजातन्त्रिक व्यवस्था चीनका लागि नसुहाउने जि’किर गर्दछन् ।

मानवअधिकार, ताइवान र तिब्बत वारे

पश्चिमा राष्ट्रहरूले चीनमा एकदलीय निर’कुंश अधि’नायकवादी शासन व्यवस्था कायम गरी चीनिया शा’सकहरूले चीनिया जनताको मानव अधिकार ह’नन् गरेको आ’रोप लगाउँदै आएको भए पनि चीनिया अधिकारीहरू चीनमा आफ्नै विशेषताको मानवअधिकार अभ्यास भइरहेको र अफगिस्तान, इराक, लिबिया, सिरिया लगायत सार्वभौ’म स्वत’न्त्र देशहरुका आन्तरिक मामिलामा सं’गीन ह’स्तक्षेप गरी लाखौँ मानिसहरूलाई ह’त्या गर्ने र करोडौँलाई घरबारविहीन गराउने पश्चिमी राष्ट्रहरूले चीनलाई मानवअधिकारको पाठ सिकाउन नमिल्ने जि’किर गर्दछन् ।

त्यस्तै १९४९ मा चीनमा कम्युनिष्ट व्यवस्था कायम भएपछि तत्कालीन कोमिनताङ शासक च्याङ काई सेक भा’गेर अमेरिका नि’यन्त्रित ताइवान (फर्मोसा) गएर शरण लिएपछि सन् १९७३ सम्म संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्यको स्थान ओगटेको ताइवानसँग सन् १९७१ मा चीनले संयुक्त राष्ट्र संघको स्थायी सदस्यता प्राप्त गरिसकेपछि पनि पश्चिमा राष्ट्रहरू खास गरी अमेरिकाले अझै सम्म कटनीतिक सम्बन्ध कायम राखेर चीन विरु’द्ध प्रयोग गर्न खोज्नु अमेरिकाको “चीन घे’र्ने नीति (इन सर्कलमेन्ट अफ चाइना)” अन्तरगतको ग्राण्ड डिजाइन रहेको चीनियाहरूको बुझाई देखिन्छ ।

त्यस्तै सन् १९४९ मा जनवादी गणतन्त्रको स्थापना पछि चीनले आफ्नो क’ब्जामा लिएको तिब्बतलाई स्वतन्त्र राज्यको रूपमा स्थापना गर्ने उद्देश्य सहित भारतको धर्मशालामा शरणार्थी जीवन बिताइरहेका दलाइ लामाको सम’र्थनमा गठन गरिएको तिब्बती निवार्सित सरकार लगायत निकायलाई पश्चिमाहरू र भारतले समेत खु’लेआम सहयोग गर्दै आएको कुरा चीनको आन्तरिक मामलामा ग’म्भीर ह’स्तक्षेप रहेको चीनियाहरूको बुझाइ छ । प्रा. डा. सङको अनुसार दलाई लामा, उनका अनु’यायी र स’मर्थकहरू चीनको स्वशासित क्षेत्र तिब्बत मात्र नभई चीनको अन्य प्रान्तहरू सिचुवान र सिन्जीयाङलाई समेत गा’भेर “ग्रेटर तिब्बत” स्थापना गर्ने योजनामा रहेको र अमेरिका सहितका पश्चिमा श’क्तिहरू र भारतसमेत त्यही ग्रान्ड डिजाइनमा रहेको बुझाई चीनको रहेको छ । तसर्थ चीनले छिमेकी राष्ट्रहरूले “एक चीन नीति” अ’ख्तियार गरुन् भन्ने चाहन्छ ।

भारतसँग सीमा वि’वाद

भारतसँग सीमा विवादको कारण सन् १९६२ को यु’द्ध नै ल’डेको चीनले भारतलाई परा’जित गरेको थियो । तथापि चीनले भारतको अरुणाञ्चल प्रदेशको भू–भाग समेत क’ब्जा गरेको चीन तत्कालीन समयमा चौतर्फी अस’हयोग र घे’राबन्दी रहेकाले र चीनमा त्यसै ताका भो’कमरी समेत फैलिएकाले चीनले आफ्नो निय’न्त्रणमा रहेका अरुणाञ्चल प्रदेशबाट पछि ह’टनु परेको र त्यसैको फाइदा उठाएर उक्त क्षेत्रलाई अन्तराष्ट्रिय कानुन वि’परित जब’र्जस्त रूपमा भारतले हड’पिरहेको र उक्त क्षेत्रमा आफ्नो पूर्ववत् दा’बी यथावत् रहेको चीनले दा’बी गर्दै आएको छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह अन्तराष्ट्रिय सम्बन्ध एवं कुटनीति त्रिभुवन विश्वविध्यालय र चिन को सिचुवान विश्वविध्यालयबाट अन्तराष्ट्रिय सम्बन्ध एवं कुटनीति विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्नु भएका लेखक बुढाथोकी अधिवक्ता समेत हुनुहुन्छ ।)

सम्बन्धित खवर

Back to top button