इलाम–२ मा रास्वपाबाट ६ जनाको निवेदन
रास्वपाबाट गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. भेषरमण न्यौपानेको निवेदन परेको हो।
काठमाडौं १४ चैत। इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएका छन्।
गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. भेषरमण न्यौपानेले निवेदन दिएका हुन्।
६ जना मध्येबाट पार्टी विधानको धारा–७१ बमोजिम प्रारम्भिक निर्वाचन हुने रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्नको लागि १५ चैत दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ।
आगामी १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा उपनिर्वाचन हुँदैछ।