नयाँ गठबन्धनमा यसरी हुन सक्छ सिट बाँडफाँड

गठबन्धनमा मन्त्रालय बाँडफाँड

काठमाडौं– नयाँ बनेको चार दलीय गठबन्धनमा मन्त्रालय बाँडफाँडको प्रारम्भिक खाका तयार भएको छ ।

गठबन्धन दलका बैठक बसेर प्रारम्भिक खाका बनाएका हुन् । जसमा एमालेलाई उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय दिने छलफल चलेको छ । यस्तै रास्वपालाई उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय र माओवादीले ५ र जसपालाई २ मन्त्रालय लिने की भन्ने छलफल चलेको बैठकमा उपस्थित एक नेताले बताए ।

उनले भने, ‘नेकपा एकीकृत समाजवादी र अन्य घटकलाई पनि मिलाएर लानुपर्ने भएकाले यसमा तहमाथि हुन सक्छ ।’

तर नेकपा एमालेले भने आफ्नो ८ वटा सिट सुरक्षित भएको दाबी गरेको छ ।

हालसम्म एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय गठबन्धनले मात्र प्रचण्ड सरकारमा जाने घोषणा गरेका छन् ।

प्रचण्डले २ जना राज्यमन्त्रीसहित २५ सदस्य मन्त्रिमण्डल बनाउन पाउँछन् ।

यसैबीच गृह र अर्थ मन्त्रालयमा भने एमाले, माओवादी र रास्वपाको सहमति जुटेको छैन । एमालेले गृहमा अडान राखेको छ । यता रास्वपाले पनि गृह लिने भनेको छ । अर्थ मन्त्रालय भने प्रधानमन्त्री आफैले राख्न चाहेका छन् ।

सम्बन्धित खवर

Back to top button