रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

दिलबिक्रम शाही
जाजरकोट ३१असार। पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन्।लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् भने कति गर्ने समयमा छन् ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ।
बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक तथा सर्जक रेशम सापकोटाको यस बर्षको पहिलो तिज गित ‘सासू बुहारीको रमिता’ भखर्रै सार्वजनिक भएको छ ।
गितमा रेशम सापकोटा,राधिका हमाल र पुर्णकाला बि.सी ले आवाजमा दिएका छन्।गितको शब्द लय सिर्जना रेशम सापकोटाले नै गरेका हुन।अडियो गित मारुनी रेकर्डिङ स्टुडियोमा निर्माण गरिको छ।
उक्त गितको म्युजिक एरेन्ज कृष्ण के.सीले गरेका छन् भने,रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका हुन्।मिक्सिङ्ग कुमार रानाले गरेका छन्।
गितको भिडियो निर्देशन रेशम सापकोटाले गरेका छन्।छायांकन सरोज शाहीले गरेका हुन भने,रोशन धितालले उक्तक भिडियो सम्पादन गेरेका हुन।रेशम सापकोटा,सबिता गुरुङ,नन्दा बस्याल र पबित्रा रिजालको अभिनयमा रहेको छ।उक्त भिडियोलाई रेशम सापकोटाले आफ्नै अफिसियल युट्युब च्यानल tareli sangeet kunj बाट सार्वजनिक गरेका छन्।

सम्बन्धित खवर

Back to top button