सुपादेउरालीको दर्शन गरी आजको राषिफल हेर्नुहोस्

वि.सं. २०८० साल चैत महिना १४ गते रोज ४, नेपाल संवत् ११४४ चिल्लागा २ बुधबार।

मेष
यात्रा गर्ने योग छ। प्रायः सबै काम तपाईंकै इच्छामा निर्भर रहनेछन्। इच्छाभोजन गर्ने प्रबन्ध जुट्नेछ।
वृष
समयानुसार सबै कुरा मिल्दै जानेछ। तनाव हट्दा तन स्वतःस्फूर्त रहनेछ। व्यक्तिगत कामका लागि पनि केही समय निस्कनेछ।
तुला
समय आफूअनुकूल बन्दै जानेछ। सबै कुराहरु योजनानुसार सम्पन्न हुँदै जानेछन्। मनोरञ्जनात्मक कार्यमा सहभागी हुने मौका मिल्न सक्छ।
वृश्चिक
काम गर्दा अनपेक्षित अपजस आइलाग्न सक्छ। कसैको कुरामा नबहकिई काम गर्नु नै लाभप्रद हुनेछ।
मिथुन
कामविशेषले कतै जाने काम आइलाग्न सक्छ। सन्तानको कुराले दम्पतीमा वैचारिक मतभेद हुन सक्छ।
कर्कट
अन्जान व्यक्तिसित सम्पर्कमा रहँदा सतर्कता अपनाउनुपर्ने बेला छ। कसैको कामकुरामा पूर्णतः विश्वस्त नहुनु नै लाभप्रद हुनेछ।
धनु
आर्थिक प्रयोजनका काममा संलग्न हुनुपर्नेछ। कतै कुनै मित्रसित भेटघाट गर्ने योजना बन्न सक्छ। कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ।
मकर
समयको उचित व्यवस्थापन गरिदा सबै काममा सहजता हुनेछ। क्रमशः सबै कुरा यथोचित ढंगले पूरा हुँदै जानेछन्।
सिंह
समयानुसार सबै कुरा मिल्दै जानेछ। कुनै कुराले मनमा प्रशन्नता बढ्नेछ। पारिवारिक वातावरण सुखमय रहनेछ।
कन्या
तपाईंको विचारको कदर गरिनेछ। कतैबाट कुनै निम्ता पाइन सक्छ। पारिवारिक खुसीका निमित्त केही खर्च हुन सक्छ।
कुम्भ
चञ्चल मनलाई तटस्थ बनाउँदै काम गर्नुपर्ने बेला छ। के कुरा कतिको महत्त्वपूर्ण र उपयुक्त छ भन्ने कुराको निक्र्यौल गर्नुपर्नेछ।
मीन
विभिन्न कामकुराले व्यस्त र थकित बनाउनेछ। पुनर्ताजगीका निमित्त आफ्‌ना लागि पनि केही समय छुट्याउनु उचित हुनेछ।

सम्बन्धित खवर

Back to top button