दाङमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, ३४ घाइते


सोमबार अपरान्ह बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन् । घोराही होलेरी सडक खण्डको घोराही उपमहानगरपालिका १३ बाह्रकुने दह नजिक रोल्पाको बागमाराबाट घोराही आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको बस सडकमै पल्टिँदा सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका ७ का २३ वर्षीय हर्कबहादुर पुनको मृत्यु भएको हो ।
बस तीव्र गतिमा रहेको र जिपलाई ओभरटेक गर्दा दुर्घटना भएको यात्रु दिपक बिकले जानकारी दिए । बस सडक छेउमा रहेको कल्भर्टमा ठोक्किएर आएको दिशातर्फ नै फर्किएको छ । गम्भीर केही घाइतेहरुलाइ घोराहीमा प्रारम्भिक उपचारपछि जिल्ला बाहिर पठाइएको छ ।



अन्य घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।