आलियाले अस्विकार गिरन् राजामौलीको फिल्म

मुम्बई । बाहुबली सिरिजका निर्देशक एसएस राजामौली अहिले आफ्नो आगामी फिल्म ‘आरआरआर’का लागि अभिनेत्रीको खोजीमा छन् ।

राजामौलीको यो फिल्म पनि उनका अघिल्ला फिल्मजस्तै ठूलो बजेटको हुने बताइएको छ । यसमा साउथका दुई सुपरस्टार जुनियर एनटीआर र रामचरण तेजा मुख्य भूमिकामा छन् ।

केही समयअघि राजामौलीको यो फिल्मका लागि तमिल, तेलुगु र बलिउड अभिनेत्रीसँग कुरा चलिरहेको चर्चा थियो । खबरअनुसार आलिया भट्टलाई केही समयअघि यो फिल्मको अफर गरिएको थियो । आलियालाई यो फिल्मका लागि आकर्षक पारि श्रमिक पनि अफर गरिएको थियो तर उनले यो फिल्म खेल्ने उत्साह देखाइनन् ।

राजामौलीले करण जौहरमार्फत आलियासँग सम्पर्क गरेका थिए । तर, अन्य धेरै प्रोजेक्टमा व्यस्त भएका कारण आलियाले यो अफर अस्वीकार गरेकी हुन् । आलियाका आउने फिल्मको सेड्युल टाइट भएकाले राजामौलीको फिल्म छोडेकी हुन् ।

यो फिल्ममा तीन अभिनेत्री लिड रोलमा हुने छन् । यसका लागि अहिले दुई अभिनेत्रीको खोजी भइरहेको छ । तेस्री अभिनेत्री भने जुलाईपछि मात्रै लिइने छ । यो फिल्मको बजेट लगभग तीन सय करोड बताइएको छ । आलियाको आगामी फिल्म कलंक हो । यो १७ अप्रिलमा रिलिज हुँदै छ । यसका निर्देशन अभिषेक बर्मन हुन् ।
एजेन्सी

सम्बन्धित खवर

Back to top button