कांग्रेस नेता सिटौलाको आईसीयूमा राखेर उपचार हुँदै


काठमाण्डौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना हुनु भएको छ ।
स्वास्थ्यमा अचानक गडबडी भएपछि उहाँ शुक्रबार साँझ धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल भर्ना हुनु भएको हो । आईसीयूमा राखेर उहाँको उपचार भइरहेको छ ।



उहाँका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन् ।
डाक्टर भगवान कोइरालासहितको टिमले उहाँको उपचार गरिरहेको छ। रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइँदै गरिएको सांसद तथा कांग्रेस नेता भिमसेनदास प्रधानले जानकारी दिनुभयो ।