अर्जे्न्टिनालाई हरायो भेनेजुएलाले

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीको कमब्याक खेलका रुपमा रहेको मैत्रीपुर्ण खेलमा अर्जे्न्टिना भेनेजुएलासँग तीन–एकले पराजित भएको छ ।

आज बिहान भएको खेलमा मेस्सीको टिम अर्जे्न्टिनाविरुद्ध भेनेजुएलाले उत्कृष्ट खेल पस्कियो । खेलको छैटौं मिनेटमा नै रोनडोनको गोलमार्फत भेनेजुएलाले अग्रता बनाएको थियो ।

त्यसपछि ४४ औं मिनेटमा मुरिल्लोले गोल गर्दै अर्जे्न्टिनाविरुद्ध टिमलाई दुई–शून्यले अगाडी राखे । पहिलो हाफमा दुई गोलले पछि परेको अर्जे्न्टिनाले ५९ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि लउटारो मार्टिनेजले गोल गर्न सफल भएका थिए । तर ७५ औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै भेनेजुएलालाई तीन–एकको जित दिलाए ।

रसिया विश्वकप पछि टिममा फर्किएका मेस्सीका लागि कमब्याक खेल निकै खल्लो बनेको छ । विश्वकपमा अन्तिम १६ बाट बाहिरिएपछि मेस्सीले राष्ट्रिय टिमबाट खेलेका थिएनन् ।

 

सम्बन्धित खवर

Back to top button