विप्लव नेतृत्वको पार्टीलाई लगाइएको प्रतिबन्ध फिर्ता गर्न सरकारसँग वैद्यको माग

काठमाडौं । मोहन वैद्य ‘किरण’ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्न माग गरेका छन् ।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी मााओवादी)का महासचिव वैद्यले यस्तो माग गरेका हुन् ।
‘विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न, सो समूहप्रति राजनीतिक व्यवहार गर्न माग गर्दै वैद्यले वार्ताबाट समस्या समाधान गर्न माग गरेका छन् ।

शनिबार साँझ वैद्यद्वारा जारी विज्ञप्तिमा सरकारले हालै वलीसहित आठ जनालाई गिरफ्तार गरिएको र यातना दिने क्रम बढ्दै गएको सरकारको यो फाँसीवादी व्यवहार निन्दनीय रहेको उल्लेख गरिएको छ ।
‘समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ’, वैद्यको विज्ञप्तिमा भनिएको छ ।

वैद्यले शुक्रबार राति विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौजना पक्राउ परेको र उनीहरुमाथि यातना दिने क्रम बढेको भन्दै आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा अन्त्यमा भनिएको छ – ‘समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।’

सम्बन्धित खवर

Back to top button