चाकु जलविद्युत आयोजना स्टोरमा बिस्फोट हुँदा चारको मृत्यु, थप विवरण आउन बाँकी

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको स्टोरमा सोमबार साँझ भएको बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार ग्यास सिलिण्डर बिस्फोट भएर दुर्घटना भएको हुनसक्छ । यता स्थानीयका अनुसार ग्यास सिलिण्डर नभएर सुरूङ बिस्फोट गराउन राखिएको बिस्फोटक पदार्थ पड्किएको हुनेसक्ने बताएका छन् ।

अहिले घटनास्थलमा प्रहरी टोली नपुगेकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर

Back to top button