नेपालका लेग स्पिनर सन्दीपलाई फेरिपनि मिलेन अवसर

दिल्ली । भारतमा जारी १२ औं सिजनको ईन्डियन प्रिमियर लिग(आईपिएल) मा सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आज आफ्नो दोस्रो खेल महेन्द्र सिह धोनी नेतृत्वको चेन्नेई सुपर किङ्ग्स विरुद्ध खेल्दैछ । दिल्लीले टस जितेर पहिले ब्याटिंग गरेको छ ।

प्रतियोगितामा समान १–१ खेल खेल्दै जित निकालेका दुबै टोलि नेपाली समय अनुसार अहिले दिल्लीको कोटला स्टेडियममा प्रतिस्पर्धा गरिरहेकाछन् । आजको दोस्रो खेलमा पनि दिल्लीले नेपाली स्पिनर सन्दिप लामिछानेलाई खेलाएको छैन् ।

दिल्लीले आफ्नो पहिलो खेलमा मुम्बई ईन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो भने चेन्नेईले उद्घघाटन खेलमा रोयल च्यालेन्जर्स बैङ्ग्लोरमाथी ७ विकेटको जित निकालेको थियो । प्रतियोगितामा समान १–१ खेल खेलेका दिल्ली र चेन्नेई क्रमशः अङ्क तालिकाको पहिलो र तेस्रो स्थानमा रहेका छ्न । चेन्नेई गत संस्करणको आईपिएल विजेता टोलि हो भने दिल्ली अन्तिम भएको टोलि हो ।

चेन्नेई आजको खेलमा दिल्लीलाई उसकै घरेलुु मैदानमा पाखा लगाउदै जित निरन्तरताको दाउमा रहेको छ भने घरेलुु दर्शको समर्थन पाएको दिल्ली पनि लगातार दोस्रो जितको खोजिमा रहेको छ ।

यस्तो छ सन्दिपले चेन्नेई विरुद्ध खेलेको एकमात्र खेल – गत ११ औं सिजनको आईपिएलमा १८ मे २०१८ का दिन दिल्ली मै सन्दिपले तिन पटकको च्याम्पियन टोलि चेन्नेई सुपर किङ्ग्स विरुद्ध आफ्नो दोस्रो खेल खेलेका थिए । दोस्रो खेलमा २१ रन खर्चेर १ विकेट लिएका सन्दिपले अनुभवी ब्याट्सम्यान शुरेश रैनालाई १५ रनको व्याक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । यो खेलमा दिल्ली ३४ रनले विजयी भएको थियो ।

सम्बन्धित खवर

Back to top button