बहालवाला सचिवलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस
काठमाडौं । संवैधानिक परिषदको सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।
पूर्व प्रमुख आयुक्त अयोधीप्रसाद यादवले गत आइतबार अवकास पाएपछि रिक्त भएको पदमा थपलिया नियुक्त भएका हुन् ।
परिषदको सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषदका सदस्य राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । परिषदले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई सिफारिस गरेको छ ।
परिषदका सदस्य एवं प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारणसहित लिखित पत्र पठाएको अध्यक्ष तिमिल्सिनाले बताए ।