कञ्चनपुर अदालतले तोक्यो जिसीलाई ९ लाख धरौटी
कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको प्रमाण नष्ट गरेको आरोप लागेका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका डिएसपी अंगुर जिसीलाई ९ लाख धरौटी तोकेको छ । बुधबार जिल्ला न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको एकल इजलासबाट भएको थुनछेक बहसपछि जिसीबाट ९ लाख धरौटी लिन आदेश जारी भएको हो ।
जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले यातनामा ५ लाख र प्रमाण नष्टमा ४ लाख धरौटी लिन आदेश जारी भएको बताउनु भयो ।
थुनछेक बहसमा पुर्व डिएसपी जिसीले आफ्नो भविष्यसँग जोडिएको विषय भन्दै साधारण तारेखमा रिहा गर्न अनुरोध गरेका थिए । जिसीसहित आठ प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय कसुर र ४ भदौमा सार्वजनिक गरिएका दिलिपका दाजु खडक सिंह विष्टले यातनामा जिसीविरुद्ध मुद्दा दायर गरेका थिए । जिसी सोमबार दिउँसो जिल्ला आदालत कञ्चनपुरमा उपस्थित भएका थिए ।
निर्मला मृत फेला परेपछि चर्किएको आन्दोलनसँगै प्रहरी प्रधान कार्यालयले सिआईबीका डिएसपी जिसी नेतृत्वको टोली घटनाको अनुसन्धान गर्न १३ साउनमा कञ्चनपुर पुगेको थियो ।