एक अमिन घूससहित अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिकाका अमिन वीरेन्द्र चन्दलाई २० हजार रुपैयाँ घूस सहित नियन्त्रणमा लिएको छ ।

महानगरपालिकाको नक्सा शाखामा कार्यरत रहेका चन्दले जग्गाको प्राविधिकमार्फत् नापँजाच गरी क्षेत्रफल सिफारिस गर्न सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाका आधारमा आयोगको स्टिङ अप्रेसन टोली सक्रिय भएको थियो ।

चन्दलाई महानगरपालिका परिसरबाटै नियन्त्रणमा लिएको प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ । उहाँले चन्दलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको बताउनु भयो ।

सम्बन्धित खवर

Back to top button