दैनिक राशिफल

वि.सं. २०७५ साल चैत १५ गते । शुक्रबार, इश्वी सन् २०१९ मार्च २९ तारिख । नेपाल संवत् ११३९ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– नवमी, उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

१. मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ । प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ । तत्कालै समस्या समाधान नहुन सक्छ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ। आँटेको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । स्वास्थ्यका लागि आराम लिनुपर्ने अवस्था रहनेछ ।

२. बृषः इ, , , , बा, बि, बु, बे, बो (Taurus)


प्रतीक्षित नतिजा कमजोर देखिनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता हुन सक्छ । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

३. मिथुनः का, कि, कु, , , , के, को, ह (Gemini)


माहोल रमाइलो रहनेछ तर आलस्य बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ । मिहिनेत गर्दा व्यापारमा लाभ लिने समय छ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । प्रियभेट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूले नयाँ आशा जगाउनेछन् । वादविवादबाट टाढा रहने प्रयत्न गर्नुहोला ।

४. कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)


अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन् । व्याहारिक समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ ।

५. सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)


अध्ययनमा समय दिन नसकिएला। चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ । तापनि कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । शुभचिन्तकहरूले साथ दिए पनि बुद्धिको उपयोगले मात्र दिगो लाभ उठाउन सकिनेछ ।

६. कन्याः टो, , पि, पु, , , , पे, पो (Virgo)


परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्नेछ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउनेछन् । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । स्वयं नजुट्दा काम बिग्रनेछ ।

७. तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)


बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला । रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले त्यति साथ नदिए पनि काम सम्पादन हुनेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । गरिएका कर्मको प्रतिफल पाइनेछ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सञ्चित रकम खर्चनुपर्ला । व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

८. बृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)


सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । तापनि सम्पादित कामबाट धन लाभ हुनेछ । मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ ।

९. धनुः ये, यो, , भि, भु, , फा, , भे (Sagittarius)


रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। केही समय लागे पनि नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।

१०. मकरः भो, , जि, खि, खु, खे, खो, गा, गि (Capricorn)


भैपरी आउने समस्याले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

११. कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)


विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।

१२. मीनः दि, दु, , , , दे, दो, , चि (Pisces)


परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले बेसुरमा काम गर्दा समस्या पर्नेछ । तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि भने कामको जग बसाउने मौका छ ।

यद्यपी, 

राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।

सम्बन्धित खवर

Back to top button