वि.सं. २०७५ साल चैत १६ गते, शनिबार । इश्वी सन् २०१९ मार्च ३० तारिख । नेपाल संवत् ११३९ चिल्लागा । चैत्र कृष्णपक्ष, तिथि–दशमी, उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
१. मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
२. बृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ । अर्थ अभावले पनि मन पिरोलिन सक्छ । अरूको चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । अधुरा काममा पहिलेकै समस्या दोहोरिने सम्भावना छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
३. मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ । काम समयमा पूरा गर्न मुस्किल देखिछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।
४. कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ । साथीभाइको आगमनले काममा हौसला जाग्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ । मनग्गे अर्थ लाभ पनि हुनेछ ।
५. सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ ।
६. कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा विलम्ब हुन सक्छ ।
७. तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला ।
८. बृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।
९. धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । समयमा सजगता नअपनाउँदा शुभचिन्तकहरू टाढिन सक्छन् । कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । आलोचनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । बुद्धिको उपयोगले मात्र फाइदा हुनेछ ।
१०. मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिवेश रमाइलो रहनेछ तर परिस्थितिले मन सशंकित रहनेछ । अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला । समयको महत्त्वलाई ख्याल गर्नुहोला, मिहिनेतले लाभ दिलाउनेछ ।
११. कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पुरानो समस्या दोहोरिएला । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । पछि आम्दानी हुने काम फेला पार्न सकिनेछ । बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा शुभचिन्तक र नजिकका साथीभाइ टाढिन सक्छन् ।
१२. मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कृषि, पशुपालन तथा व्यापारमा मनग्गे धनलाभ हुनेछ ।
यद्यपी,
राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।