मापदण्ड विपरित रातारात सडक कालोपत्रे

मोरङ । महेन्द्र राजमार्गदेखी दक्षिण शनिश्चरे बजारसम्मको सडक मापदण्ड विपरित रातारात कालोपत्रे गरिएको छ ।

उर्लावारीको मंगलबारेमा रहेको मदन भण्डारी प्रतिष्ठानको २५ औँ रजतजयन्तिको उद्घाटन गर्न आइतबार प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि मापदण्ड विपरित रातारात सडक कालोपत्रे गरिएको हो ।

महेन्द्र राजमार्गदेखी दक्षिण शनिश्चरे बजारसम्मको लगभग तीन सय मिटर सडक रातारात कालोपत्रे गरिएको हो ।

नगरपालिका र प्रतिष्ठानको साझेदारीमा हुँदै गरेको कालोपत्रेप्रति भने जनताको ब्यापक गुनासो बढेको छ । विकास र समृद्धिको नारा बोकेको ओली सरकारले मापदण्ड विपरित यसरी रातारात सडक कालोपत्रे गरेर जनताको आँखामा छारो हालेको भन्दै स्थानीयको व्यापक गुनासो बढेको हो ।

उक्त सडक कालोपत्रेका लागि उर्लावारी नगरपालिकाले ११ लाख, प्रतिष्ठानले १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारमा उपभोक्ता समिति मार्फत सडक कालोपत्रे गरिएको हो ।

२४ घण्टा प्राइमर राखेर कालोपत्रे गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याल वताउँछन् । आइतबार यही बाटो भएर कार्यक्रम उद्दघाटन गर्न प्रधानमन्त्री ओली आउँदैछन् ।

केही समय अगाडी राष्ट्रपति आउँदापनि कालो पत्रे नभएको सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लगाएको २४ घण्टा नबित्दै कालोपत्रे गरिएको थियो ।

सम्बन्धित खवर

Back to top button