कोलकत्ता विरुद्धको खेलमा सन्दीप लामिछानेको प्रचुर सम्भावना

काठमाडौं । ईन्डियन प्रिमियर लिग(आईपिएल)मा सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो खेल दिनेश कात्र्तिक नेतृत्वको कोलकत्ता नाइटराइडर विरुद्ध खेल्दैछ ।

यो सिजनको सबैभन्दा बलियो देखिएको कोलकत्तासँग हुने खेलमा सन्दीपले खेल्न पाउने प्रचुर सम्भावना रहेको छ ।
विश्वभरिकै अधिकांश लिगहरुमा राम्रो प्रदर्शन गरेको हुनाले आजको खेलमा सन्दीपले खेल्न पाउने प्रचुर सम्भावना बढेको हो । उनी लेग स्पिनर खेलडी हुन् ।


सन्दीपले आज खेल्न पाउने सम्भावना प्रवल रहे पनि अहिलेसम्म भएका दुइवटै म्याच खेल्न पाएका छैनन् । गत खेलमा स्पिन खेलाडी नचल्दा पराजित हुनु परेका कारण पनि सन्दीपको सम्भावना प्रवल रहेको हो ।

दिल्लीबाट स्पिन खेलाडीमा अमित मिश्र, सन्दीप लामिछाने र टे«न्ट बोल्ट मध्ये एकजना मात्रै खेल्न पाउनेछन् । यसरी हेर्दा नेपालका लेग स्पिनर लामिछाने खेल्न पाउने सम्भावना बराबरी छ ।

प्रतियोगितामा कोलकत्ता नाइटराइडरले लगातार दुवै खेलमा जीत निकालीसकेको छ भने दिल्ली क्यापिटल्सले भने दुई खेल मध्ये एक खेल मात्र जितेको छ ।

सम्बन्धित खवर

Back to top button