कोलकत्ता विरुद्धको खेलमा सन्दीप लामिछाने खेल्दै

काठमाडौं । ईन्डियन प्रिमियर लिग(आईपिएल)मा सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो खेल दिनेश कात्र्तिक नेतृत्वको कोलकत्ता नाइटराइडर विरुद्ध खेल्दैछन् ।

यो सिजनको सबैभन्दा बलियो देखिएको कोलकत्तासँग हुने खेलमा सन्दीपले खेल्ने भएका हुन् ।


विश्वभरिकै अधिकांश लिगहरुमा राम्रो प्रदर्शन गरेको हुनाले आजको खेलमा सन्दीपले खेल्ने भएका हुन् । उनी लेग स्पिनर खेलाडी हुन् ।

अहिलेसम्म भएका दुइवटै म्याच खेल्न पाएका थिएनन् । गत खेलमा स्पिन खेलाडी नचल्दा पराजित हुनु परेका कारण पनि सन्दीपलाई आज खेलाइएको हो ।

प्रतियोगितामा कोलकत्ता नाइटराइडरले लगातार दुवै खेलमा जीत निकालीसकेको छ भने दिल्ली क्यापिटल्सले भने दुई खेल मध्ये एक खेल मात्र जितेको छ ।

सम्बन्धित खवर

Back to top button