ओखलढुंगा जिप दुर्घटनामा ज्यान जाने ६ जनाकै सनाखत


ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिका–६ मा भएको जिप दुर्घटनामा परि ज्यान जाने ६ जनाकै सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला ओलाङचुङगोलाका ४५ वर्षीय साङ्गेल शेर्पा, ५५ वर्षीय मिङ्मा शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, करीव ३० वर्षीय वाङ्दा शेर्पा, करीव ४५ वर्षका डोमा शेर्पा र ४० वर्षिय ङ्वाङ सेर्तुङ शेर्पा रहकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताएका छन् ।



प्रहरी निरीक्षा श्रेष्ठका अनुसार दुर्घटनामा परेको जिपका चालक काठमाडौं बौद्धका चालक अन्दाजी २५ वर्षका कृषण श्रेष्ठ, काठमाडौं बौद्ध बस्ने मृतक डोमा शेर्पाका अन्दाजी १० वर्षका छोरा ङिमा शेर्पा र काठमाडौं नयाँवस्ती बस्ने अन्दाजी ४५ वर्षका कुङसिङे शेर्पाको अवस्था गम्भीर रहेको छ ।
सोलुखुम्बुको सल्लेरीबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप आइतबार बिहान ११ः४५ मा मानेभञ्ज्याङ गाउँपालिका–६ को डडुवाडाँडाबाट करिब ५ सय मिटर तल दरुवा पिपल खोलामा खसेको थियो ।
घाइतेको उदयपुरको घुर्मी स्थित आस्था हस्पिटल प्रा.लिमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण के हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।