satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपाल न त चौकीदार आपूर्तिकर्ता हो न त भारतको आज्ञाकारी

सत्कार पोष्ट सत्कार पोष्ट
२०७५ चैत्र ८ मा प्रकाशित
400
नेपाल न त चौकीदार आपूर्तिकर्ता हो न त भारतको आज्ञाकारी

एजेन्सी । यो वाक्यमा लुकेको अभिमान र घमण्डलाई हेर्नूस् चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ । भारतको आम आदमी पार्टीकी विधायक अलका लाम्बाको यो ट्वीटमा समावेश मगाउन सक्छौँ भन्ने कुरामा अलि ध्यान दिनूस् त । आवाज आउँछ हामी मालिक हौँ, हामीसँग अथाह पैसा र शक्ति छ, हामी जहाँबाट पनि जे मगाउन सक्छौँ ।
नेपालबाट चौकीदारबाहेक हामी अरू के नै मगाउन सक्छौँ ? हुन त साँझ भट्ठीमा रक्सीका लागि कुर्दै गरेका एउटा जँड्याहाले पनि यस्तो कुरा गर्छ, रक्सी त म जति पनि मगाउन सक्छु । मलाई के को कमी छ र भारतीय नेत्रृको नेपालीप्रति अपमानजनक ट्विट, आक्रोशपछि माफ मागिन् ।
विवाद
अलका लाम्बालाई थाहा पनि भएन कि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि टिप्पणी गर्दै उनले नेपालीहरूबारे जे भनिन् त्यसले विवाद निम्त्याउन सक्छ । हिन्दीमा भाषिक अशुद्धतासहित उनले ट्वीट गरिन्, प्रिय भारतवासीहरू, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौँ। नेपालका चौकीदार चोर हुँदैनन् ।
लाम्बालाई लाग्छ कि भारतीयहरूले चौकीदारका लागि माग गर्नेछन्, ढोकैमा उभिएको नेपालले पालेले जस्तै शिर झुकाउनेछ र आगामी दिनमा भारतमा चौकीदारीका लागि नेपालीहरूको लाइन लाग्नेछ । उनले यो बिर्सिन् कि नेपाल एउटा स्वतन्त्र मुलुक हो । भारतजस्तो नेपाल कसैको दास भएन। ऊ भारत तथा चीनको बीचमा अवस्थित एउटा स्वतन्त्र देश हो र अलका लाम्बाका लागि नेपालले चौकीदारको आपूर्ति गर्दैन ।

अलका लाम्बा पढेलेखेकी हुन् । दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घकी अध्यक्ष रहिसकेकी छन् । तर उनले यो कुरा बुझ्नुपर्छ कि नेपालमा चौकीदार मात्रै हुँदैनन् । त्यहाँ सूचना प्रविधि व्यावसायिक, अर्थशास्त्री, वैज्ञानिक, कलाकार, सुन्दरी र सङ्गीतकार लगायत पनि हुन्छन्। त्यहाँ चौकीदार, सरसफाइ गर्ने मानिस, मजदुर, किसान र अरू मेहनती पनि हुन्छन् जस्तो कि भातरका दिल्ली, उत्तर प्रदेश, कर्नाटक वा केरलामा हुन्छन् ।

अलका लाम्बाले यो कुरा पनि बुझ्नुपर्छ कि नेपालीहरू ठिक त्यसरी नै रोजगारीका लागि अन्य मुलुक जान्छन् जसरी भारतका पञ्जाब, गुजरात, राजस्थान अथवा केरल राज्यका मानिसहरू ट्याक्सी चलाउन, सरसफाइ गर्न वा कलकारखानामा काम गर्नका लागि खाडी मुलुक, क्यानाडा, अमेरिका, ब्रिटेन, इटली अथवा फ्रान्ससम्म जान्छन् ।

लाम्बाको भनाइ यस्तो थियो कि मानौँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसरी भनेका हुन् । सरसफाइका लागि छिटो भारतीयहरूलाई मगाऊँ, न्यूयोर्क निकै फोहोर भएको छ । तर नेपाललाई आफ्नो बिर्ताजस्तै ठान्ने अलका लाम्बा एक्लै होइनन् । उनले आफ्नो गलती महसुस गरी ट्वीट त मेटाइन्, तर त्यसले त्यो मानसिकता मेटिँदैन जुन मानसिकताले नेपाललाई आफ्नो आज्ञाकारी ठान्छ ।

नेपालीहरूले यो कुरा राम्ररी बुझेका छन् कि नेपाललाई आफ्नो सम्पत्ति ठान्नेहरू भारतमा प्रशस्त छन् । गत महिना काठमाडौबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको फ्लाइटमा मसँगै बसेका एक भारतीय यात्रीले जब बियर मागे तब एक परिचारिकाले मुस्कुराउँदै भनिन्, सर, यो आन्तरिक उडान हो, यसमा हामी बियर दिँदैनौँ । मैले ती कर्मचारीलाई सोध्न चाहेको थिएँ कि नेपालका लागि हुने उडानहरू कहिलेदेखि आन्तरिक उडान भए कहिलेदेखि तपाईँहरूले नेपाललाई भारतमा समेटि सक्नुभयो ?

नेपाल कसैको बिर्ता होइन

नेपाल एउटा स्वतन्त्र मुलुक हो, जहाँको छुट्टै संविधान, प्रधानमन्त्री, संसद् र सेना छ । तर एउटा स्वतन्त्र मुलुकबाट अर्को स्वतन्त्र मुलुकमा आइरहेको उडानलाई विमानकी कर्मचारीले यसरी आन्तरिक उडानका रूपमा लिइरहेकी थिइन्, जसरी आम आदमी पार्टीकी विधायक अलका लाम्बालाई लाग्छ कि चौकीदार त हामी नेपालबाट मगाउन सक्छौँ ।

नेपालको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तैनाथ अध्यागमनका एक अधिकारी शायद त्यस्तै भारतीयको सामना गरिरहेका होलान् जसले ममाथि कटाक्ष गरे, तपाईँको मुलुक ठूलो छ र तपाईँको जुङ्गा पनि ठूलै छ। उनले शायद भन्न खोजेका होलान्, जसरी तिमीहरूको मुलुक ठूलो छ, त्यसैगरी तिमीहरूको अहङ्कार पनि ठूलै छ ।

नेपालीहरूलाई साँच्चै लाग्छ कि भारत ठूलो छ । त्यसैकारणले भारतीयहरूको अहङ्कार पनि ठूलै छ । भारतीयहरूलाई कैयौँपटक यो कुरा महसुस हुँदैन कि उनीहरूले नेपालबारे जे भनिरहेका हुन्छन् ती कुरा नेपालीले मन पराइरहेका हुँदैनन् । तर भारतीयहरूको प्रश्न हुने गर्छ । हामी त नेपाललाई आफ्नै ठान्छौँ तर पनि के समस्या छ ?

काठमाडौ पुग्ने बित्तिकै मैले पनि उत्तर भारतीय शैलीमा त्यहाँका साथीहरूलाई भनेँ, नेपाल आफ्नो घरजस्तै लाग्छ। कुरा खस्न नपाउँदै एक नेपाली साथीले भने, तपाईँका प्रधानमन्त्री मोदीले पनि यस्तै भन्छन्। अनि मैले सम्झेँ प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा नेपाली नागरिकले सडकछेउबाट हात मिलाउँदै उनको स्वागत गरेका थिए । तर तिनै नेपालीहरू अहिले मोदीको नाम आउनासाथ किन अनेकौँ प्रश्न गर्न थाल्छ ।
लाम्बाले भनेका जस्ता वाक्यबाट नेपालीहरूलाई लाग्छ कि भारतीयहरूले नेपालको स्वतन्त्र अस्तित्वलाई स्वीकार्दैनन्, बरु नेपाललाई आफ्नो छत्रछायामा राख्न चाहन्छन् । नेपालीहरूलाई भारतको यस्तो माया कहिल्यै मन पर्दैन, बरु उनीहरूलाई त्यसमा सांस्कृतिक विस्तारवादुको गन्ध आउँछ । तीन महिनासम्म काठमाडौमा बसेर काम गर्दा र कैयौँ शहर अनि गाउँहरू डुल्ने क्रममा मैले कैयौँपटक यस्ता प्रश्नको सामना गर्नुर्पयो ।

बसमा, पसलमा, होटलमा, सडकमा कुराकानी गरिरहेका कैयौँले पटक पटक मलाई एउटै प्रश्न गरे – मोदीले हामीलाई रगतको आँसु किन रुवाए ? नेपालका मानिसहरू खासगरी पहाडी क्षेत्रमा बस्नेहरू सन् २०१५ का ती दिनलाई बिर्सेका छैनन् जतिबेला मोदी सरकारले नेपालमा अघोषित आर्थिक नाकाबन्दी गरेका थिए र मानिसहरूले पेट्रोल, डिजल, ग्यासजस्ता वस्तुका लागि तड्पिरहेका थिए ।

कैयौँ नेपालीहरू आफ्ना कार र मोटरसाइकललाई घरमै छाडेर साइकल किन्न बाध्य हुनुपरेको थियो । तर नेपालमाथि नाकाबन्दी गरिएको त्यो पहिलो पटक थिएन, त्यसअघि राजीव गान्धीले पनि गरेका थिए । नेपालको मकवानपुर जिल्लाको चित्लाङ्गबाट विद्यार्थीहरूलाई लिएर पोखरा पुगेका एक प्राध्यापकले मलाई सोधे – नाकाबन्दी गरेर मोदीले हामीलाई जानाजान चीनतर्फ धकेलिरहेका हुन् ?

र, मैले के जवाफ दिन सक्थेँ ? राजेश जोशी सम्पादक, बीबीसी हिन्दी रेडियो ।

Tags: ह

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by सत्कार पोष्ट
२०७५ चैत्र ८
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by सत्कार पोष्ट
२०७५ चैत्र ८
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७५ चैत्र ८

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

२०७५ चैत्र ८

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

२०७५ चैत्र ८
NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

२०७५ चैत्र ८

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७५ चैत्र ८
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७५ चैत्र ८
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७५ चैत्र ८
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७५ चैत्र ८

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७५ चैत्र ८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.