दैनिक राशिफल
वि.सं. २०७५ साल चैत १८ गते, सोमबार । इश्वी सन् २०१९ अप्रिल १ तारिख । नेपाल संवत् ११३९ चिल्लागा । चैत्र कृष्णपक्ष, तिथि– एकादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
१. मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।
२. बृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला ।
३. मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। सामाजिक कामको जिम्मेवारी बढ्नेछ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।
४. कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।
५. सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ ।
६. कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ ।
७. तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ ।
८. बृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । हडबडीले समस्या निम्त्याउन सक्छ ।
९. धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
१०. मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।
११. कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।
१२. मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । परिवेश खर्चिलो देखिए पनि सत्कार्यमा खर्च गरिनेछ । अरूलाई दिएर आनन्द लिने समय छ ।
यद्यपी,
राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।