दोस्रोपटक सन्दीपको खेल पन्जाव विरुद्ध

भारतमा जारी १२ औं सिजनको ईन्डियन प्रिमियर लिग (आईपिएल)मा नेपाली स्पिनर सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले किङ्ग्स ईलेवन पन्जाव विरुद्ध टस जितेर पहिला बलिङ गरेको छ । पन्जाव र दिल्लीको खेल अहिले पन्जावको चन्दिगडमा सुरु भएको हो । आजको खेलमा दिल्ली श्रेयस अय्यर तथा पन्जाव रविचन्द्रन अश्विनको कप्तानिमा मैदान उत्रेका छन् । प्रतियोगितामा समान तिन–तिन खेल खेल्दै दुईमा जित निकालेका दिल्ली र पन्जव क्रमशः अङ्क तालिकाको चौथो र पाचौं स्थानमा रहेका छन् ।

आजको खेलमा दुबै टोली जित निकाल्ने लक्ष्य सहित मैदानमा उत्रेका छन । आईपिएलमा दिल्ली र पन्जाव अहिलेसम्म फाईनल उपाधि जित्न नसकेका टीम हुन भने अहिलेसम्म दुबै टीम एक अर्कामा २२ पटक भिडेका छन् । जसमध्ये पन्जावको बलियो देखिएको छ । पन्जावले १३ खेल जित्दा दिल्लीले ९ खेलमा मात्र जीत निकाल्न सकेको छ ।

पन्जावमा विस्फोटक ब्याट्सम्यान क्रिस गेल, लोकेश राहुल, मयङ्क अग्रवाल, डेभिड मिलर, महोम्मद शमी, एन्ड्र्यु टोई, रविचन्द्रन अश्विन , सर्फराज खान निकोलस पुरन , मुजिव उर रहमान र करुण नायर जस्ता चर्चित खेलाडी रहेका छन । जसमा आज क्रिस गेललाई भने पञ्जावले खेलाएको छैन् । दिल्लीको लागि तेस्रो खेलबाट जारी सिजनमा उत्कृष्ट डेभ्यु गरेका सन्दिप लामिछानेले आजको खेलमा पनि अन्तिम ११ मा मौका पाउन सफल भएका छन् । कोलकत्ता विरुद्ध टिमको लागि सबैभन्दा कसिलो बलिङ गर्दै सन्दिप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर १ महत्वपूर्ण विकेट लिएका थिए ।

सम्बन्धित खवर

Back to top button