सन्दीपले लिए महत्वपूर्ण दुई विकेट


पन्जाव । ईन्डियन प्रिमियर लिग (आईपिएल)मा नेपाली स्पिनर सन्दिप लामिछाने महत्वपूर्ण दुई विकेट लिएका छन् । आज भएको खेलमा दिल्लीको तर्फबाट चौथो ओभर तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले साम कुरुन र १४ औं ओभर तथा व्यक्तिगत चाैथो ओभर लिएर आएका सन्दीपले दोस्रो महत्वपूर्ण विकेटका रुपमा सर्पराज खान को महत्वपूर्ण दुई विकेट लिएका हुन् ।
कुरनले १० बलमा २० रन बनाएका थिए । सन्दीपको दोस्रो महत्वपूर्ण विकेट रूपमा रहेका खानले २९ बलमा २९ रन जोडेका थिए । नेपाली लेग स्पिनर सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण विकेट लिएका हुन् ।



उनी आवद्ध दिल्ली क्यापिटल्सले किङ्ग्स ईलेवन पन्जाव विरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । पन्जाव र दिल्लीको खेल अहिले पन्जावको चन्दिगडमा भैरहेको छ ।
आजको खेलमा दिल्ली श्रेयस आइयर तथा पन्जाव रविचन्द्रन अश्विनको कप्तानीमा मैदानमा उत्रेका छन् । प्रतियोगितामा समान तिन–तिन खेल खेल्दै दुई बराबरी जित निकालेका दिल्ली र पन्जव क्रमशः अङ्क तालिकाको चौथो र पाचौं स्थानमा रहेका छन् । विस्फोटक व्याट्स्म्यान क्रिस गेल यो खेलमा छैनन् ।