दैनिक राशिफल

वि.सं. २०७५ साल चैत १९ गते, मंगलबार । इश्वी सन् २०१९ अप्रिल २ तारिख । नेपाल संवत् ११३९ चिल्लागा । चैत्र कृष्णपक्ष तिथि– द्वादशी, उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)


१. मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ ।


२. बृषः इ, , , , बा, बि, बु, बे, बो (Taurus)

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउन सक्छ ।

३. मिथुनः का, कि, कु, , , , के, को, ह (Gemini)

तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला ।

४. कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ । अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ । परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला ।

५. सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आजको दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ ।

६. कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । प्रतिस्पर्धाको दौडमा समेत सजिलै जित हासिल हुनेछ ।

७. तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

८. बृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । परिस्थितिवश मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ । दिगो काम प्रारम्भ हुन सक्छ ।

९. धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

समयमा अग्रज तथा सहयोगीहरू जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

१०. मकरः भो, , जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । काममा ईष्र्या गर्नेहरूबाट सजग रहनुपर्ला ।

११. कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन् । स्वार्थका लागि धाउनेहरूबाट सजग रहनुपर्ला । मुख्य भूमिका निर्वाह गरे पनि छायामा परिएला । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । आगन्तुकले अलमल्याउने हुँदा लक्ष्यमा पुग्न समय लाग्नेछ ।

१२. मीनः दि, दु, , , , दे, दो, , चि (Pisces)

घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइएला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुने छैन । पछि फाइदा हुने काममा जग बसाउने समय छ ।

यद्यपी,

राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।

सम्बन्धित खवर

Back to top button