दैनिक राशिफल
वि.सं. २०७५ साल चैत २१ गते, बिहीबार । इश्वी सन् २०१९ अप्रिल ४ तारिख । नेपाल संवत् ११३९ चिल्लागा । चैत्र कृष्णपक्ष, तिथि– चतुर्दशी, उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष
१. मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ । भैपरी आउने समस्याले खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।
२. बृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला ।
३. मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । दिगो काम प्रारम्भ हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ
४. कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला । धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ ।
५. सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।
६. कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ । लगनशीलताले विशेष अवसर प्राप्त हुनेछ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।
७. तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ । परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ । अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ । वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
८. बृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
काममा केही अलमल हुन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला ।
९. धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ । बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन् । बुद्धिको उपयोगले मात्र काम सम्पादन हुनेछ । महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ ।
१०. मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ । अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
११. कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
१२. मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
काममा विलम्ब भए पनि पहिलेको सफलताले हौसला जगाउनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन् । पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।
यद्यपी,
राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।