युवा नेता मल्ललाई मेयर सिपी घर्तीद्धारा उपचार खर्च हस्तान्तरण


काठमाडौं । दुबै मृगौला फेल भएर राजधानीको ललितपुर धापाखेल स्थित सुमेरु अस्पतालमा उपचार गराइरहेका कालीबहादुर मल्ललाई जाजरकोट भेरीनगरपालिकाकाे मेयर चन्द्रप्रकाश घर्ति (सिपी घर्ति)ले उपचार खर्च हस्तान्तरण गरेका छन् ।
किड्नी अस्पताल सुमेरूमा डाइलोसिस गराइरहेका युवा विद्यार्थी नेता मल्ललाई विहीबार मेयर सिपी घर्तीले रु १ लाख १५ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।



सहयाेग रकम हस्तान्तरण गर्न मेयर घर्ती सुमेरू अस्पतालको प्रागंनमा नै पुगेर उक्त रकम हस्तातरण गरेका हुन ।
नेता मल्लको उपचारको लागि एक लाख सहयोग गर्ने नगरपालिकाको निर्णय अनुसार सहयोग गरिएको घर्तिले बताए । एक जुझारु र सक्षम युवालाई बचाउनु सबैको कर्तव्य भएको भन्दै सबै पदाधीकारीहरुले तलब सहित नगरपालिकाको तर्फबाट रु १ लाख सहयोग गरिएको जानकारी दिए ।
उक्त रकम हस्तान्तरण गर्दै मेयर घर्तिले ‘जाजरकोटी कुनै पनि सक्षम युवाहरुको लागि आफुले गर्न सक्ने सबैप्रकारको सहयोग गरिनेछ,’ उनले भने ‘जुझारु युवा नेता मल्लको लागि सबै प्रकारको सहयोग गर्न हामी तत्पर रहेका छौं’ ।
विद्यार्थी नेता मल्ल लामो समयदेखि मृगौलाको डाइलोसिस गराई रहेका छन् । उनि कुशे गाँउपालिका वडा नं ५ ढिमे निवासी हुन् । लामो समयदेखि मृगौला रोगबाट पीडित मल्ल निरन्तर समाजसेवामा लागेका कारण आफ्नो उपचार गर्न समेत सकेका थिएनन् ।
पाँच महिना अघि नै चिकित्सकले डाइलासिस गर्नुपर्ने भने पनि मल्लले उपचार गर्न सकेका थिएनन् । ३१ वर्षका मल्ल जुझारु विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।
चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ ।