६ किलो सुनसहित ४ भारतीय पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट ६ किलो सुनसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । तीन महिला र एक पुरुष सुनसहित पक्राउ परेका हुन् ।
विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार एक भारतीय चार सय ९७ ग्राम सुनसहित र थप तीन महिला पाँच किलो सुनजस्तो देखिने वस्तुसहित पक्राउ परेका हुन् । उनले सुन परीक्षणका लागि पठाएको बताए ।



बरामद सुनबारे विमानस्थल भन्सार र प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ । पक्राउ परेका व्यक्तिहरूको परिचय भने खुलाइएको छैन ।
पक्राउ परेकाहरू थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको प्रहरीले जनाएको छ ।








