आँधीहुरी पींडितका घर निर्माण सेनाको जिम्मा

काठमाडौं । बारा पर्साका आँधीपीडितका घर सरकारले बनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार साँझ बारा र पर्सामा आएको अनौठो र भयानक आँधीबाट पीडत भएकाहरुको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

 

सेनालाई जिम्मा दिइने घरको माडालिटी जनता आवास कार्यक्रमको जस्तो हुने सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

 

घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको बाँस्कोटाले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button