दैनिक राशिफल
वि.सं. २०७५ साल चैत २२ गते, शुक्रबार । इश्वी सन् २०१९ अप्रिल ५ तारिख । नेपाल संवत् ११३९ चिल्लागा । चैत्र कृष्णपक्ष । तिथि– औंसी, १४ः०७ बजेउप्रान्त प्रतिपदा । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
१. मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर–छिमेकमा असमझदारी बढ्नेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
२. बृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ ।
३. मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला ।
४. कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ । चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् । प्रयत्न गर्दा केही काम बन्नेछन् । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । धर्मकर्म र सेवामूलक काममा मन रमाउनेछ ।
५. सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ने देखिन्छ । खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउनेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कमजोरीका बाबजुद कष्टसाध्य काममा जुट्नुपर्ला ।
६. कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।
७. तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
८. बृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य चिन्ताले सताउला । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।
९. धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । आफ्नैले धोका दिन सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला । ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्लान् । परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
१०. मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
यत्न गर्दा राम्रै अवसर पाइनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ ।
११. कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आत्मविश्वासको कमीले पछि परिनेछ । बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
१२. मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुन्दर पहिरन र लगनशीलताले व्यक्तित्वमा निखारता आउनेछ । काम पूरा हुनाले समय फुर्सदिलो रहनेछ । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
यद्यपी,
राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।