सानेपामा ट्रक अनियन्त्रित भई भ्यानलाई किच्दा दुईको मृत्यु


ललितपुरको सानेपानजिकै चक्रपथ (नयाँबाटो)मा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार मध्यान्ह १२ बजेतिर जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भई नजिकै गुडिरहेको भ्यानमाथि खस्दा दुई जनाको मृत्यु तथा एक जना घाइते भएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।


