आज उपत्यकामा घोडेजात्रा मनाइँदै

काठमाडौं । चैत कृष्ण औंसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।
घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दैछ ।


टुन्डी नामक राक्षसले सहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्र विधिद्वारा सहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ ।

जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ ।

सम्बन्धित खवर

Back to top button